भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरूको संख्यामा कमी आउन थालेको छ ।
सरकारी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको देखिएको हो ।
मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भएका छन् ।
अघिल्लो दिन सोमवार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतवारको तुलनामा सोमवार दैनिक संक्रमितहरुको संख्या २७ हजार ४६९ ले ...