सिमकोट – हुम्लामा पुनः हिमपात सुरु हुँदा चिसोले जनजीवन प्रभावित भएको छ। मंगलबार बिहानैबाट बादल लागेको भए पनि दिउँसो १२ बजेबाट हिमपात सुरु भएको हो। हिमपातसँगै सदरमुकाम सिमकोटको तापक्रम माइनस १२ डिग्रीमा झरेको छ। यसैबीच नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा पनि बाक्लो हिमपात भइरहेको स्थानीयले बताएका छन्। हिमपातले हवाई सेवासमेत अवरुद्ध भएको छ। […]