विगत केही वर्षयता निजी सवारी साधनहरूको माग ह्वात्तै बढेर गएको छ । यसका पछाडि केही कारण स्पष्ट रूपमा देखिन्छ, पहिलो सडक सञ्जालको विस्तार र सहरीकरणसँगै धेरै संख्यामा यात्रु परिवहन गर्न सक्ने सार्वजनिक सवारी साधनहरूको संख्या बढ्न नसक्नु, दोस्रो खर्चालु उच्च मध्यम वर्गको अनुपातमा वृद्धि हुँदै जानु र तेस्रो, बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएसँगै तिनले कारोबार विस्तारका लागि ‘अटो लोन’लाई बढी प्राथमिकता दिनु ।