काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी उपस्थित भएका छन् । बुर्लाकोटी ढिलो गरी महाधिवेशन स्थल पुगेका छन् । उनी पार्टी कार्यक्रमको सिलसिलामा सुर्खेत पुगेका थिए त्यहाँबाट लगत्तै काठमाडौं आएका हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चित्रण गर्ने दुश्प्रयास गरिएको बताएका छन्।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार षड्यन्त्रपूर्वक ढालिएको दाबी गर्दै एमाले फेरि शक्तिशाली भएर उठ्ने बताएका छन्। ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले एमाले जनताको हृदयमा गहिरो रूपमा बसेको र खरानीको थुप्रोबाट पुनः उठ्ने संकल्प गरेको बताएका छन् । साथै, भदौ २३ र २४ गतेको घटनाको मुख्य […]
एजेन्सी– संयुक्त राज्य अमेरिकामा मौसमी फ्लुका कारण करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) […]
काठमाडौं- नेकपा एमालेले ४ बजेसम्ममा उद्घाटन सत्र सक्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । कार्यक्रमले नेताहरूलाई छोटो शुभकामना मन्तव्य दिन लगाउँदै ४ बजेसम्म कार्यक्रम सकिने भएकाले समयको पावनीलाई ख्याल गरेर आफ्नो शुभकामना सन्देश प्रस्तुत गर्दिन आग्रह गरेका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लव […]