प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै बुधवार समापन गरिएको छ ।

सम्बन्धित सामग्री

प्रेम दिवसमा सामाजिक सञ्जालमा यसरी पाेखियाे बलिउड कलाकारकाे माया

फेब्रुअरी महिनालाई प्रेमको महिना पनि भन्ने गरिन्छ । आज फेबु्रअरी १४ अर्थात् प्रेम दिवस । आजको दिनलाई जोडीहरु व्यग्रताका साथ पर्खिरहेका हुन्छन् । आजको दिनलाई आफूले माया गर्ने मान्छेलाई माया दर्साउनका लागि उत्तम दिन पनि मान्ने गरिन्छ ।  बलिउड कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत प्रेम दिवसको शुभकामना दिएका छन् ।  ...

प्रेम दिवसमा हात्तीको वनभोज

संसारभर बुधबार प्रेमी–प्रेमिकाले माया साटासाट गरी मनाएको प्रेम दिवस चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा भने भिन्न तरिकाले मनाइएको छ । स्थानीय पर्यटन व्यवसायीहरूको अग्रसरतामा हात्तीलाई वनभोज खुवाएर प्रेम दिवस मनाइएको हो । सौराहामा अहिले खाना महोत्सव चलिरहेको छ भने सोही क्रममा पर्यटकलाई सेवा दिने हात्तीलाई पनि वनभोज खुवाइएको हो ।