प्रेम दिवसमा हात्तीको वनभोज

संसारभर बुधबार प्रेमी–प्रेमिकाले माया साटासाट गरी मनाएको प्रेम दिवस चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा भने भिन्न तरिकाले मनाइएको छ । स्थानीय पर्यटन व्यवसायीहरूको अग्रसरतामा हात्तीलाई वनभोज खुवाएर प्रेम दिवस मनाइएको हो । सौराहामा अहिले खाना महोत्सव चलिरहेको छ भने सोही क्रममा पर्यटकलाई सेवा दिने हात्तीलाई पनि वनभोज खुवाइएको हो ।