हेटौंडा : हेटौंडामा कानुन विपरीत बनाइएका संरचना हटाइने भएको छ। काठमाडौंमा कानुन विपरीत बनाइएका संरचना भत्काउने कार्यले निरन्तरता पाइरहेको बेलामा हेटौँडा उपमहानगरपालिकाले पनि कानुन विपरीत बनाइएका संरचना हटाउने भएको हो।उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासबिना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको मेयर मीना कुमारी लामाले जानकारी दिइन्।लामाले मुख्य सडकको छेउमा नक्सा पास नभई बनेका सानाठूला टहराहरू पनि ३५ दिने सूचना प्रकाशन गरी हटाउने काम सुरु गरिने बताइन्। उनले अब उप