संयुक्त राष्ट्रसंघले म्यान्मारमा गरिएको सैन्य कूका विषयमा प्रतिक्रिया दिन खोजिरहेको बेलामा सुरक्षा परिषद्का दुई स्थायी सदस्य चीन र रुसले कूको भर्त्सना गर्ने बयानमा रोक लगाएका छन् ।
यी दुई ठूला शक्तिले म्यान्मारलाई प्रतिरक्षा गर्नमा लामो समयदेखिको राजनीतिक, आर्थिक र सैन्य सम्बन्ध जिम्मेवार छ ।
रुस र चीन म्यान्मारलाई हतियार उपलब्ध गराउने दुई प्रमुख राष्ट्र हुन् । त्यसैले उनीहरू राष्ट्रसंघको कुनै पनि किसिमको सैन्य वा आर्थिक प्रतिबन्धबाट म्यान्मारलाई प्रतिरक्षा गर्नेछन् ।
म्यान्मारले सन् २०१० देखि २०१९ सम्ममा दुई अर्ब ४० करो...