काठमाडौं : स्कटल्याण्डको ग्लास्गोमा जारी कोप–२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। जलवायु परिवर्तनका मुद्दामा भएको छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडेनको भनाइ छ।अनुपस्थित दुवै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। चीन विश्वकै सबैभन्दा ठूलो कार्बनडाइअक्साइडको उत्सर्जक हो। चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेर