चितवन । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आइतवार जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा बन्द गर्ने बताइएको छ ।
आदेशमा भनिएको छ, ‘जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगित गरिनेछ ।’ आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाइएको छ । बढी भीडभाड हुने जिल्लाका सरकारी कार्यालयबाहेक अन्यमा यसअघिकै व्यवस्था कायम गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, दाना, ग्यास, पूजा, पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तोकिएका बाहेकका अन्य पसल आइतवार, मंलवार र बिहीवार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउनेछन् । यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत व्यापारिक पसल छन् । खाजा घर, रेष्टुराँ, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी जोरविजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार सञ्चालन गर्न पाइनेछ ।
यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बनाएका हुन् ।
यसैबीच, भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले आइतवार सार्वजनिक सूचना जारी गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका हुन् ।
अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनैपर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ । रासस
जेठ ३०, कास्की । कास्कीमा पुनः ९ दिन निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय डेढ महीना कटेको छ । खेतीपातीको मौसम शुरु भएकाले आसार १ गतेदेखि लकडाउन हट्ने सर्वसाधारण अनुमान गरेको भएपनि प्रशासनले पुनः ९ दिनका लागि समय थप गरेको छ ।
नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाइ रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः ९ दिनका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/एक साता थप गर्दै आएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीवार बसेको बैठकले थप ९ दिनका लागि निषेधाज्ञा लम्बयाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञामा यस अघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीद विक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नु पर्नेछ ।
त्यसका लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक विक्रेताले खुद्रा विक्री वितरण गर्न पाउने छैनन् । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवम् संकलन केन्द्रमा पु¥याउन र विक्री वितरण गर्न पाइने व्यवस्था गरिएको छ ।
त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।
सार्वजनिक तथा निजी सवारी साधन असार ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ ।
विवाह, व्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।
उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी, श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने जानकारी दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीयरिङ र विप्रेषण सेवामात्र बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जानकारी दिइएको छ ।
काठमाडौं। खुकुलो बन्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले असारको पहिलो सातासम्म लम्ब्याएको निषेधाज्ञालाई खुकुलो बनाएका हुन्। जसमा बिहान ११ बजेसम्म तरकारी, खाद्यान्न र पुस्तक पसल खोल्न पाउने, दिउँसो ४ बजेपछि पुस्तक पसल खोल्न पाउने र अनलाईन होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ।
जेठ ६, कास्की । जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ ।
प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत वैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ ७ गतेदेखि लागू हुने गरी १४ गतेसम्म थप गरेको हो ।
नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक/ एक साता थप गर्दै आएको थियो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञामा यसअघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरीदविक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरीद गर्नुपर्ने छ ।
त्यसैगरी सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।
सार्वजनिक तथा निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ ।
विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारीसाधानमा पाँच जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।
उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी,श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले एक चौथाइ कर्मचारी राखेर एक चौथाइ शाखामात्र खोल्न तथा निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लिअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने छन् ।
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु परिचय पत्र र कार्यालय पोशाका आधारमा बिहान १० बजेदेखि साढे तीन बजेसम्म आवतजावत गर्न सक्ने छन् ।
भोजपुर - भोजपुरमा आजदेखि पुनः लकडाउन सुरु भएको छ ।
कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको भन्दै हप्ता लकडाउन गर्ने निर्णय भएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले जिल्ला भरका खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोल्न पाउने गरी एक हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुर...
काठमाडौं : जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ। बैठकले बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दूग्धजन्य पदार्थका पसल र बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल गरी दुई चरणमा पसल खुलाउने निर्णय गरेको
उपत्यकामा तीनहप्ते लामो निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ ।
अध्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिनेछ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न सकिनेछ । काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाइने भएको छ ।
दाङ - जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वय बिनै दिउँसो अत्यावश्यक पसलहरु खोल्ने निर्णय गरेपछि घोराही बजार क्षेत्रमा भिडभाड देखिएको छ ।
यस अघि जिल्ला प्रशासनले आईतबार, मंगलबार र शुक्रबार मात्रै बिहान ६ देखि ९ बजे सम्म खाद्यान्न र तरकारी पसल खोल्ने निर्णय गरेको थियो ।
तर दाङ जिल्ला उद्योग वाणिज्य संघले सोमब...