लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको बोनस शेयर मंगलवार (आज) सूचीकृत भएको छ । बैंकको १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   बैंकले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ४ दशलमव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल ८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मङ्सिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ५० प्रतिशत नगद लाभांश छ । बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीको लाभांश कम भएको हो ।

शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ७४१ दशमलव ९९ कित्ता र लुम्बिनी विकास बैंकको ९ लाख ८५ हजार २८७ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन् ।  लुम्बिनी विकास बैंकले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

लुम्बिनी विकास बैंक लिमिटेडको १५ ‍औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका

लुम्बिनी विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

फागुन ५, काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । शेयरधनीदर्ता पुस्तिका बन्द हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको कम्पनीले फागुन १ गतेदेखि हितग्राही खातामा जम्मा गरिदिएको जानकारी गराएको छ । कम्पनीको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेप्सेमा थप २ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार थप २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ज्योति विकास बैंक र ल्युब ओईल लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो । ज्योति विकास बैंकको ११ प्रतिशतले हुन आउने ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता बोनस शेयर तथा नेपाल ल्युब ओइलको ३० प्रतिशतले हुन आउने ९० हजार ५३ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । यस अघि हिजो आइतबार  नेप्सेमा बैंक अफ काठमांडू, लुम्बिनी विकास बैंक, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकको गरि कुल ३ करोड ७६ लाख ८० हजार ७ सय ४१ दशमलव ७१९ कित्ता बोनस शेयर सुचिकृत भएको थियो । ।

नेप्सेमा आज ६ कम्पनीको ३ करोड ७६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ६ कम्पनीको ३ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमांडू, लुम्बिनी विकास बैंक, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकको गरि कुल ३ करोड ७६ लाख ८० हजार ७ सय ४१ दशमलव ७१९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।आज बिओकेको १० प्रतिशतले हुन आउने ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको १३ प्रतिशतले हुन आउने ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता बोनस शेयर र हिमालयन डिस्टिलरीको ७५ प्रतिशतले हुन आउने ६५ लाख ७ हजार ७ सय ६७ दशमलव ८१ कित्ता शेयर सुचिकृत भएको हो । त्यस्तै आईसीएफसी फाइनान्सको १० प्रतिशतले हुन आउने १० लाख २८ हजार ४ सय ९४ कित्ता बोनस शेयर, मुक्तिनाथ विकास बैंकको १७.५७५ प्रतिशतले हुन आउने ८४ लाख ५६ हजार ३ सय दशमलव ५३ कित्ता बोनस शेयर र एनसीसी बैंकको ८ प्रतिशतले हुन आउने ८२ लाख ५१ हजार ६ सय १३ दशमलव ३४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत

फागुन १, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता शेयर सूचीकृत भएको हो । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंक अफ काठमाण्डूले गत मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभा मार्फत र लुम्बिनी विकास बैंकले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेका थिए । बैंक अफ काठमाण्डूले बोनस शेयर कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । लुम्बिनी विकास बैंकले पनि यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यसर्थ, दुवै कम्पनीका शेयरधनीहरुले बोनस शेयरबापतको कर तिर्नुपर्ने छैन । बैंक अफ काठमाण्डूका शेयरधनीहरुले भने यस वर्ष कर बाहेक पनि नगद लाभांश पाएका छन् ।

नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको १ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा बैंक अफ काठमांडू र लुम्बिनी विकास बैंकको गरि कुल १ करोड ३४ लाख ३६ हजार ५ सय ६६ दशमलव ०३९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । बिओकेको १० प्रतिशतले हुन आउने ९६ लाख ५८ हजार १ सय ७६ दशमलव ४२९० कित्ता बोनस शेयर र लुम्बिनी विकास बैंकको १३ प्रतिशतले हुन आउने ३७ लाख ७८ हजार ३ सय ८९ दशमलव ६१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

मंसिर २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार लुम्बिनी विकास बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४२९ दशमलव ६५ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४८५ दशमलव ५० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११:१५ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु हुनेछ । साथै सभाले यस विकास बैंकसँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।