काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल ८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
मङ्सिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ५० प्रतिशत नगद लाभांश छ । बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीको लाभांश कम भएको हो ।