भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो ।भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका