रसियाले भारतलाई दियाे एस–४०० हतियार प्रणाली

नयाँ दिल्ली – रसियाले भारतलाई एस– ४०० हतियार प्रणाली दिएको छ। भारतको चीन र पाकिस्तानसँग सीमामा तनाब बढिरहेका बेला मस्कोले आणविक उर्जायुक्त हतियार प्रणाली नयाँ दिल्लीलाई दिएको हो। रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको भारत भ्रमण अगाडि नै सो प्रणाली नयाँ दिल्ली ल्याउन लागिएको हो। यस प्रणालीका केही इकाइहरू जल तथा वायुमार्ग हुँँदै भारततर्फ आउँदैछन्। हतियार प्रणालीलाई […]

सम्बन्धित सामग्री

टि२० विश्वकमा भारतलाई ठुलो धक्का,  बुमराहले विश्वकप गुमाउने

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले दुइ सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने पक्का भएको छ । भारतले औपचारिक रुपमा बाहिरिएको जनाएको छ चोटका कारण पुन : मैदान फर्किएका बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाउने पक्का भएको हो  । बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन […]

उपाधि दाबेदार भारतलाई एसिया कपमा धक्का

एजेन्सी – उपाधि दाबेदार भारतलाई अगष्ट अन्तिममा युएईमा हुने टि२० एसिया कप प्रतियोगितामा धक्का लागेको छ । बलिङका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले एसिया कप गुमाउने भएका छन् । योर्कर र डेथ ओभरका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण नहुँदा भारतको तीव्र गतिको बलिङ आक्रामक तुलनात्मक रुपमा कमजोर बनेको छ । यस अघिनै […]

भारतले रुससँग हतियार  किन्नेबारे अमेरिकाले फेरि के भन्यो ?

भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले फेरि एकपटक चेतावनी दिएको छ । पेन्टागनले शुक्रबार अमेरिकाले रक्षा क्षेत्रमा रुसमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई लगातार भनिरहेको बताएको हो । अक्टोबर २०१८ मा, भारतले रुससँग S-400 मिसाइल रक्षा प्रणालीका पाँच इकाइहरू किन्नको लागि ५ बिलियन डलर सम्झौतामा हस्ताक्षर गरेको थियो ।त्यसबेला ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी पनि दिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाले टर्कीलाई आफ्नो सीएएटीएसए कानुन अन्तर

भारतले रुससँग हतियार किनेको विषयमा के भन्छ अमेरिका?

काठमाडौँ– अमेरिकाले भारत र रुसको सम्बन्धको विषयमा पुनः टिप्पणी गरेको छ। शुक्रबार अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा रुसमाथि आफ्नो निर्भरता कम गर्नको लागि पुनः आग्रह गरेको छ। अक्टोबर २०१८ मा भारतले रुससँग एस ४०० मिसाइल ‘डिफेन्स सिस्टम’ को पाँच एकाई किन्नको लागि ५ अर्ब डलरको सम्झौता गरेको थियो। यो समय ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा […]

रुसबाट तेलको आयात घटाउन मोदीलाई बाइडेनको आग्रह

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई रुसबाट तेल आयात नबढाउन आग्रह गरेका छन्।गएराति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको झण्डै एक घण्टा लामो भिडियो वार्तामा बाइडेनले रुसबाट ऊर्जा आयात बढाउने कुरा दिल्लीको स्वार्थअनुकूल नहुने बताएका हुन्।रुसबाट हतियार र ऊर्जा आयात गर्दै आएको भारत रुस–युक्रेन युद्धमा तटस्थ बसिरहेको छ। रुस विरुद्धका अन्तर्राष्ट्रिय प्रतिबन्धहरुमा पनि भारत सहभागी भएको छैन। गएराति भएको भिडियो वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले ऊर्जा आयातमा बरु अमेरिकाले सहयो

भारत र रुसबीच सैन्य प्रविधि आदान प्रदान र हतियार खरिदको सम्झौता

काठमाडौं । भारत भ्रमणमा रहनु भएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र असल मित्रको रूपमा बुझेको बताउनु भएको छ । भारत–रूस वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा हिजो मन्तव्य दिंदै राष्ट्रपति पुटिनले भारतलाई एक महान् शक्ति, एक महान र परीक्षित मित्रको रूपमा बुझेको बताउनु भएको हो । यसअघि हिजै, भारतीय प्रधानमन्त्री नरेन्द्र […]

साफ प्रतियोगिताको फाइनलमा नेपाल बलियो देखिन्छ कि भारत ? कसको हतियार के ?

फाइनलमा जे पनि हुनसक्छ।फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।भारतले विस्तारै शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।शनिवार हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ।जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि। व्यग्र प्रतीक्षा गरिएको सो खेल शनिवार राती माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ।इतिहासनिश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ। त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्। साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो। नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ। फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन।भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् - 'जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।'नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिउँ।गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १-१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २-१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।हतियारयी सबै खेलमा नेपाललाई पराजित गर्दा भारतीय कप्तान क्षेत्रीले नै गोल गरेका हुन्। निसन्देह क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन्।जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन्।ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।नेपालसँग के छ त? जबाफ नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीको रणनीतिमा हुनेछ।माल्दिभ्समा रहेका खेल पत्रकार हिमेशरत्न बज्राचार्य भन्छन् - 'अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ। तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।'हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्। जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा।फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो। त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।प्रशिक्षक भिडन्तसाफ च्याम्पियनसिपको पहिलो चरणमा भारत र नेपालका प्रशिक्षकबीचको जुहारी त माल्दिभ्समा चर्चा चलेको विषय मध्येको एक हो। सुनिल क्षेत्रीले नेपाल विरुद्ध गोल गरेपछि भारतका क्रोयसियाली प्रशिक्षक इगोरले टच लाइनमा हात उचारेर सेलिब्रेसन गरे।त्यो दुरुस्त त्यही शैलीको खुशियाली थियो, जुन अल मुताइरीले श्रीलंका विरुद्ध नेपालले गोल गर्दा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा अल मुताइरीले आफूलाई गिज्याएको भन्दै इगोरको जमेर आलोचना गरे। खेलको विश्लेषणभन्दा यिनीहरूको जुहारी समाचारको विषय बन्यो।जबाफमा इगोरले भनेका थिए - 'अवमूल्यन त अल मुताइरीले आफ्नै खेलाडीलाई गरेका हुन्। आफ्नो खेलाडीले एक प्रतिशत मात्र जित्छ भनेर खेलाडीको आत्मबल घटाउने प्रशिक्षक को?'रोचक कुरा के हो भने फाइनलमा भारतीय प्रशिक्षक इगोर हुनेछैनन्। माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ। अर्को जिज्ञासा के हो भने लिगमा नेपालको जित्ने मौका 'एक प्रतिशत मात्र रहेको' भन्ने अल मुताइरीले फाइनल अगाडि भने के भन्लान्।प्रतिस्पर्धीभारत र नेपालबीचको फुटबल भिडन्तमा अधिकांश नतीजा भारतकै पक्षमा गएका छन्। ३६ वर्ष भइसक्यो नेपाल र भारतबीच फुटबल प्रतिस्पर्धा हुन थालेको। यस अवधिमा यी दुई टोलीबीच २० खेलमा आमने सामने प्रतिस्पर्धा भइसक्यो ।जसमा ३ खेलमा मात्र नेपालले जित हात पारेको छ। नेपालले पाएका ती जितमा एउटा साफ च्याम्पियनसिप पनि हो। जुन नेपालमा सन् २०१३ मा भएको थियो।स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २-१ ले विजयी भएको थियो। यो खेललाई नेपालको भारत विरुद्धको सबैभन्दा प्रभावशाली जित मानिन्छ।नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा हो। निर्धारित समयमा २-२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो।त्यो बेला नेपालको लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए। नेपालले भारतलाई हराएको अर्को अवसर सन् २००६ मा भएको एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा हो।नेपाल ३ -० ले विजयी भएको सो खेलमा प्रदिप महर्जनले २ गोल र अर्को गोल बसन्त थापाले गरेका थिए। यद्यपी सो प्रतियोगितामा भारतले प्रमुख खेलाडीहरू समावेश गरेको थिएन।पर्खाइप्रतीक्षा अब शनिवार राती ९ बजेको हुनेछ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा उपस्थति हुने स्थानीय समर्थकहरूले नेपाली टोलीको समर्थन गर्ने आशा गरिएको छ। माल्दिभ्समा रहेका नेपालीहरूले त शुरु देखिनै देशको पक्षमा समर्थन गर्दै आएका छन्।धेरैको अनुमान छ - भारतीय फुटबलको साख तथा नेपाली युवा खेलाडीहरूको जोश र टिम भावनाबीचको भिडन्त अत्यन्त रोचक हुनेछ। -बिबिसीबाट

अमेरिकाले हतियार आपूर्तिमा भारतलाई प्राथमिकता देला ?

वासिङ्टन । अमेरिकाका दुई अग्रज सिनेटरले सदनमा ‘युएस आर्म्ड कन्ट्रोल्स एक्सपर्ट एक्ट’मा संशोधन प्रस्ताव पेश

भारतलाई हतियार र सैन्य उपकरणबापतको बक्यौता चुक्ताका लागि ठोस धारण बनाइने

काठमाडौं । नेपाली सेनाले हातहतियार तथा सैन्य उपकरण खरिदबापत भारतलाई तिर्नुपर्ने बक्यौता रकमबारे ठोस निर्णय गर्ने जिम्मा तीन मन्त्रालयलाई दिने दिइने भएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ ...