शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा.अनिषा तिवारीलाई कारवाहीको तयारी भएपछि मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेको दाबी गरिएको छ । बिरामीको अप्रेसन गर्ने क्रममा डा. तिवारीले लापरवाही गरेपछि स्पष्टीकरण सोधी कारवाहीका लागि सिफारिसको तयारी भएपछि उनले केन्द्रका निर्देशकविरुद्ध समेत उजुरी गरेको दाबी गरिएको हो ।डा.तिवारीले गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको अपरेसन गर्दा लापरवाही गरेको र अत्याधिक रक्तश्राव भई