चीनका आठवटा बमवर्षक विमानहरू र चारवटा लडाकू विमानहरू ताइवानको वायुक्षेत्रमा प्रवेश गरेपछि अमेरिकाले ताइवानप्रतिको समर्थन दोहोर्याएको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले शनिवार एक विज्ञप्ति प्रकाशन गर्दै चीनले ताइवान लगायतका छिमेकीहरूलाई तर्साउने काम गरिरहेकोमा भन्दै चिन्ता प्रकट गरेको छ ।
‘हामी बेइजिङलाई ताइवानविरुद्ध सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न आग्रह गर्छौं अनि ताइवानका लोकतान्त्रिक रूपमा निर्वाचित प्रतिनिधिहरूसँग अर्थपूर्ण संवाद गर्न आग्रह गर्छौं,’ मन्त्रालयका प्रवक्ता नेड प्राइसले ए...