काठमाडौँ, १० असार: बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो । बूढानीकलण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले बुधबार सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको जानकारी दिए […]