९ पुस, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना अघि नबढाए गेजुवाबाट खोस्ने संकेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे एउटा ‘समयसीमा’ दिइसकेको बताएकी छिन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले बूढीगण्डकी आयोजना होल्ड गरेर राख्न नसकिने बताइन् । ‘यो आयोजनामा आफ्नै […]