नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएक

सम्बन्धित सामग्री

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौँ, १७ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई […]

नेपाल वायुसेवा निगमका दुई व्यवस्थापक कारबाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दमामका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ । विमानमा पटक पटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’ मा समस्या देखिएपछि […]

दाङमा हवाई सेवा सातामा तीन दिनमात्रै

दाङ– तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा साताको तीन दिनमात्रै उडान हुने गरेको छ । करिब चार महिनादेखि बन्द भएको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आएको हो । टरिगाउँ विमानस्थलमा कुनै बेला नेपाल वायुसेवा निगम र निजी विमान कम्पनी सीता एयरले उडान भर्दै आएका थिए । तर, पछिल्लो समयमा नेपाल वायुसेवा निगमका विमानहरूको अभाव र अन्य स्थानमा यात्रुहरू बोक्ने […]

निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन अस्थायी नियुक्त

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ । बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो । ‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन […]

काठमाडौँ–दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान

काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौँ–दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च ९३० फागुन०बाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा […]

मन्त्री प्रेम आलेले नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित गराए

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष

निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने

काठमाडौं। नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन्। नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले आफूहरुको आन्दोलन जारी रहने बताएको हो। नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दासमेत छलफल नगरेको युनियनको आरोप छ।

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच सम्झौता भएको छ । दुवै संसथाबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अब निगम मार्फत […]

हुलाक सेवा विभागका चिठ्ठीपत्र ओसारपसार अब नेपाल एयरलाइन्सले गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारपसार गर्ने सम्वन्धी सम्झौता भएको छ । सन् २०२१ जुलाई १ देखी लागु हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम  मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् । यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करो