महोत्तरीको भिठामोड भन्सार सञ्चालन

महोत्तरी । कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका भिठामोड पुनः सञ्चालन गरिएको छ । गतवर्ष चैत ११ गतेदेखि बन्द रहेको उक्त भन्सार नाका शनिवार अपराह्नपछि सञ्चालन गरिएको हो ।     दुवै देशको सहमतिपश्चात् भन्सार नाका सञ्चालन भएसँगै मालवाहक भारतीय गाडी नेपाल प्रवेश पाउन थालेका छन् । नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले बताएको छ । साथै दुईपांग्रे सवारीसाधन दुवैतर्फ निर्बाध रूपमा चल्न थालेका छन् । भारतीय चारपांग्रे गाडी नेपाल प्रवेश गरेको ७२ घण्टाअघि चालक तथा सहचालकको कोरोना जाँच गराएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । दुईपांग्रेका हकमा सो व्यवस्था छैन । भन्सार खुलेसँगै सयौंको संख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन् । कार, जीपजस्ता चारचक्के सवारीसाधन भने फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन् । लामो समयपछि भन्सार नाका खुलेपछि सो नाका भएर भारत जाने महोत्तरी, धनुषा, सिन्धुली लगायत जिल्लाका बासिन्दालाई सहज हुने भएको छ । रासस

सम्बन्धित सामग्री

चार वर्षदेखि बन्द झापाको छोटी भन्सार सञ्चालन

चार वर्ष अघिदेखि बन्द रहेको झापाको गौरीगन्ज गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय सुचारु गर्न पहल सुरु भएको छ । भन्सार कार्यालयको नयाँ भवन बनेपनि भन्सार कर्मचारी नबसेपछि प्रयोजन विहीन बनेको छ ।

छोटी भन्सार नचल्दा मारमा व्यवसायी

बिर्तामोड– कोरोना महामारीपछि बन्द भएको झापा गौरीगञ्जको आठमौजा छोटी भन्सार सञ्चालन नहुँदा गौरीगञ्जका व्यवसायी समस्यामा परेका छन् । सात दशकदेखि सञ्चालनमा आएको गौरीगञ्जको आठमौजा छोटी भन्सार कोरोना कहरपछि विगत तीन वर्षदेखि बन्द हुँदा गौरीगञ्ज बजार समेत प्रभावित भएकाले आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ । झापाको दक्षिण पश्चिम भारतको सीमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा […]

शंकर अाचार्य

माघको चौथो साता बारा सिम्रौनगढका बासिन्दाले लामो समयदेखि बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनको माग गर्दै बजार बन्द गरे । लगत्तै वीरगन्ज भन्सार कार्यालयबाट नायब सुब्बासहितका कर्मचारी खटाएर छोटी भन्सार सञ्चालन गरियो ।

पर्सा-बाराका ११ छोटी भन्सारमध्ये २ मात्र सञ्चालन

माघको चौथो साता बारा सिम्रौनगढका बासिन्दाले लामो समयदेखि बन्द रहेको छोटी भन्सार कार्यालय सञ्चालनको माग गर्दै बजार बन्द गरे । लगत्तै वीरगन्ज भन्सार कार्यालयबाट नायब सुब्बासहितका कर्मचारी खटाएर छोटी भन्सार सञ्चालन गरियो ।

राजापुर मुल भन्सार सञ्चालन गर्ने सहमति

जिल्लाको राजापुरस्थित एक मात्र मुल भन्सार कार्यालय पुनः सञ्चालनका लागि नेपाल भारतका व्यापारी र स्थानीय प्रहरी प्रशासन सहमत भएका छन । सीमावर्ती भारतको  कतरनियाघाटमा भएको छलफलमा आवश्यक प्रक्रिया पुर्‍याई भन्सार सञ्चालनमा ल्याउने सहमति भएको हो ।

छोटी भन्सार सञ्चालन नहुँदा नाकाबाट बढ्यो चोरी–तस्करी

विगत लामो समयदेखि छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा रौतहटको विभिन्न नाकाबाट चोरी–तस्करी बढेको छ ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

तातोपानी– नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ट्रान्स सिल्कले औपचारिक रुपमा सोमबार बन्दगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको  छ । लार्चास्थित सुख्खा बन्दरगाह […]

छोटी भन्सार सञ्चालन नहुँदा तस्करी बढ्दो

झापामा रहेका नेपाल–भारत सीमाका  छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढ्दै गएको छ । मूल भन्सार मानिने मेची

देशको भन्सार कहिले बन्ला धन्सार

प्रत्येक देशको आर्थिक उन्नतिको सूचना दिने मुख्य विन्दु भन्सार हो । हुन त भन्सार भनेको कुनै देशबाट निकासी हुने र त्यो देशमा पैठारी हुने माल वस्तुको अद्यावद्यिक हिसावकिताब राख्न बनाइएको सरकारी निकाय हो । तर, यसको गहन अध्ययनले कुनै पनि देशको आर्थिक सम्पन्नतालाई सूचित गरेको हुन्छ । भन्सारमा यदि पैठारी बढी भएको तथ्यांक भेटियो भने त्यो देश अपवादलाई छोडेर गरीब अविकसित र पीडित छ भन्ने बुझ्न सकिन्छ । निकासी बढी हुने देशमा रोजगारीको अवसर बढी हुन्छ । निकासीका लागि उत्पादन बढाउन पर्ने हुँदा अर्थतन्त्र तीव्र चलायमान हुन्छ । निकासीयोग्य वस्तुको उत्पादनले देशको कच्चापदार्थ, मेशिन, पूँजी प्रविधिको प्रयोग गरेको हुन्छ । जमीनले लगान पाएको हुन्छ, सरकारले अन्तःशुल्क पाएको हुन्छ । कुनै वस्तुबाट मूल्य अभिवृद्धि कर पाएको हुन्छ । यसबाहेक उद्यमीले नाफा कमाएर थप लगानीका लागि पूँजी वृद्धि गरिरहेको हुन्छ । यसर्थ निकासीको सकारात्मक आकार आर्थिक सम्पन्नताको प्रत्यक्ष आधार हो । यसले पूँजीको अत्यधिक परिचालनमा सहयोग पुर्‍याउँछ र देशको आर्थिक स्वास्थ्यलाई सन्तुलित गर्छ । निकासीले केवल निर्यातकर्तालाई मात्र फाइदा नपुर्‍याएर ऋण प्रदान गर्ने बैंक, आपूर्तिकर्ता, कच्चा पदार्थ उत्पादन गर्ने किसान र ढुवानी गर्ने यातायात कम्पनीहरूलाई फाइदा दिन्छ, त्यसैले भन्सार, निकासी बढी गर्ने देशका लागि धन्सार हो । जुन देशको भन्सारमा निकासीको तुलनामा पैठारी बढी हुन्छ आँकडाहरू आयाततिर झुकेका हुनछन् । त्यसबेलामा पनि राज्यले भन्सार महशुल प्राप्त गरेको हुन्छ त्यो अवस्था आम जनताका लागि सुखद धन्सार हुँदैन किनकि यस्तो बेलामा देश कुनै पनि विन्दुमा लाभमा हुँदैन । चीनले द्रुत विकास गर्नुमा निकासीको सहयोग सबैभन्दा बढी छ । २०२१ को पहिलो ३ महीनामा चीनको अर्थतन्त्र १८ प्रतिशतले वृद्धि भयो । यो हुनुमा निर्यातको भूमिका अत्यधिक छ । तर, नेपालले अहिलेसम्म निर्यात बढाउने किसिमको बजारवादको विकास गर्न सकेको छैन र देशको अर्थतन्त्र पैठारीमा निर्भर छ । पैठारी गरिएको मालवस्तुको कारोबार मूल्य, कमिशन, ढुवानी खर्च, प्रज्ञापनपत्र भर्दा प्रतिफारम तिर्नुपर्ने सेवाशुल्कलगायत हार्मोनाइज्ड कोड अनुसार ५, १०, १५, २०, ३०, ४० र ८० प्रतिशतका दरले तिरिने भन्सार महसुल आदिबाट राजीव संकलन गरेर नेपालले आफ्नो साधारण खर्च धानेको छ । नेपालीले रेमिट्यान्सबाट स्वदेश पठाएको रकम यस्तै सामान आयात गर्नका लागि बर्हिगमन भएको छ । यही कारण पूँजी निर्माण हुन पाएको छैन र व्यापक पूँजी परिचालन गरेर व्यापक स्तरमा रोजगारी सृजना गर्न सकिएको छैन । त्यसैले युवाहरू विदेश जान बाध्य छन् । बढ्दो पैठारीले देशलाई गरीबीको दुश्चक्रमा लैजान्छ भने बढ्दो निकासीले सम्पन्नतातिर लैजान्छ । आयातित सामान किन्नका लागि वस्तुको लागत, उत्पादकको नाफा, ढुवानी खर्च, बीजक अनुसारको बीमा, भन्सार महसुल, आन्तरिक ढुवानी शुल्कलगायत अन्तिममा व्यापारीहरूले राख्ने नाफा, मूअकसमेत जोडेर आम जनताले तिर्नुपर्छ । यही कारण सामान महँगो भएकाले नेपालीको सम्पूर्ण आय समाप्त भइरहेको छ । गत आव २०७६/७७ मा ११ खर्ब ९६ अर्व ७९ करोड ९० लाख ५३ हजारको आयात भएको थियो । यो रकम आव २०७५/७६ को तुलनामा १५ प्रतिशतले कम आयात भएको थियो र त्यो बेलामा निर्यात लगभग शून्य दशमलव ९२ प्रतिशतले बढेर ९७ अर्ब जति भएको थियो । यो आव २०७७/७८ को चैत महीनासम्ममा ११ खर्ब ११ अर्बभन्दा बढीको आयात भइसकेको छ जुन गत आवको यही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । निर्यात पनि यस वर्षको पहिलो ९ महीनामा केही बढेर ९४ अर्ब ७६ करोड भएको छ बढ्दो आयातले गर्दा देशको आर्थिक अवस्था सुध्रिन नसकेको देखिन्छ । भन्सार संस्कृत भाषाको भण्डशाला भन्ने शब्दबाट अपभ्रंशित भएर आएको शब्द हो । यसलाई समृद्धि सूचक मानिन्थ्यो, चीनमा ईसापूर्व ३०० वर्ष अगाडि भन्सारसम्बन्धी शब्दोल्लिखित शिलालेख पाइएको छ र ईशापूर्व १३७ वर्ष अगाडि सिरियाको पाल्मरी क्षेत्रमा पहिलो भन्सार दरबन्दी उल्लेख भएको शिलालेख पाइएको छ । नेपालमा शिवदेवको पालामा विसं ६४९ र अंशुवर्माको ६६४मा भन्सार लेखिएको शिलालेख टिस्टुङमा भेटिएको छ । यसको अर्थ हो नेपालले तिब्बततिर केही सामान निकासी गरे तापनि भारतबाट आयात नै गरेको थियो । लिच्छवीकालमा भन्सार शौल्लिक भनिन्थ्यो । उनीहरूले पैठारीकै महसुल उठाउँथे । मल्लकालमा हेटौंडा, कोदारी, कुती, साँखु, चौतारामा आयातकै महसुल उठाउन भन्सार प्रकृतिका कार्यालय खोलिएका थिए । मध्यकालमा भन्सार शुल्कलाई जगात भनिन्थ्यो । राणाकालमा भन्सारलाई तराईमा बजार अड्डा र पहाड तथा काठमाडाैंमा भन्सार अड्डा भनिन्थ्यो । राणाकालको अन्तिम अवस्थासम्म भन्सार सञ्चालन सनद र इस्तियारमार्पmत भएको हुन्थ्यो । १९९२ मा सम्पूर्ण सनद र इस्तिहार खारेज गरेर एउटै भन्सार गोश्वारा सबाल बनाइयो । आयतका लागि नै पहिलोपटक वीरगञ्जमा महाजनी अड्डा खोलिएको थियो । २०२३ सालमा नेपालमा पहिलोपटक अन्तःशुल्क र भन्सारलाई अलग गरेर छुट्टै भन्सार विभाग बनाइयो । आज देशमा त्रिभुवन विमानस्थल र गौतम बुद्ध विमानस्थलसमेत गरी ३८ मूल भन्सार १३३ ओटा छोटी भन्सारहरू रहेका छन् । यसरी देश चारैतिर भन्सार कार्यालयहरूले आच्छादित भएको छ । निर्यातको काम निकै कम र आयातको काम अति बढी हुने गर्छ । यो आयातको डर लाग्दो शृंखला रोक्न तत्काल कुनै रणनीति छैन । अहिलेको विश्वव्यापीकरण र बढ्दो पूँजी तथा प्रविधिको प्रतिस्पर्धामा नेपालले गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गरेर नेपालको वस्तुहरू ठूलो मात्रामा विदेशमा आपूर्ति गर्न सक्ने अवस्था देखिएको छैन । २००९ मा मेची भन्सार कार्यालयबाट आसिकुडा भन्ने स्वचालित प्रणाली शुरू गरिएकोमा अहिले सबैजसो भन्सार कार्यालयमा आसिकुडा वर्ल्ड नामक सफ्टवेयर प्रयोगमा ल्याइएको छ । भन्सारसम्बन्धी काममा सहजता आओस् भनी २०२१ जनवरी २६ विश्व भन्सार दिवसका दिन एकद्वारबाट भन्सार सेवा दिने प्रणाली शुरू गरिएको छ । आधुनिकताका प्रयासहरू पर्याप्त छन् तर निर्यात बढाउन नसक्दा मदिरा ऐन २०३१ अनुसार लट्ठ पार्ने विदेशी मदिरा ल्याउन आंशिक प्रतिबन्ध लगाइएबाहेक सियोदेखि जहाजसम्म आयात गर्नु परेको छ । देशको भन्सारलाई वास्तवमा धन्सार कहिले बनाउन सकिन्छ त्यसैमा टिकेको हुनेछ नेपालको सुमधुर भविष्य र युवाका आशाहरू । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।

त्रिवेणीमा भन्सार सञ्चालनको तयारी, जग्गा व्यवस्थापनमा समस्या

नवलपरासी पूर्व (नवलपुरको) बिनयी त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी भन्सार कार्यालय सञ्चालन गर्ने तयारी गरिरहँदा जग्गाको व्यवस्थापन प्रमुख समस्या बनेको छ । गण्डकी प्रदेशको एक मात्रै भारतसंग जोडिएको सिमानाका त्रिवेणी स्थित छोटी भन्सारलाई स्तर उन्नती गरेर मूल भन्सार बनाईए पनि विभिन्न समस्याले सञ्चालनमा आउन नसकेको त्रिवेणी भन्सार कार्यालय आउदो चैतको पहिलो साताबाट सञ्चालन गर्ने गरि तयारी अगाडि बढाईएको छ । भारतको भन्सार कार्यालयका पदाधिकारी समेतसंग छलफल गरेर १५ मार्चपछि भन्सार सञ्चालन गर्ने सहमती भएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले जानकारी दिनुभयो ।