पर्सा : वीरगन्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै खबरदारी जुलुस निकालिएको छ।प्रदेश २ का मुख्यमन्त्री लालाबु राउतको गृहनगरसमेत रहेको वीरगन्जमा ‘मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइदैन’ भन्दै खबरदारी जुलुस निकालिएको हो। खबरदारी जुलुस आदर्शनगरबाट सुरु भएर नगरपरिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।वीरगन्जवासीको तर्फबाट गरिएको खबरदारीमा लोकतान्त्रिक समाजवादीका अधिकांश नेता कार्यकर्ता सहभागी थिए। जुलुसमा प्रदेश २ का प्रदेशसभा सदस्य प्रहलाद गिरीको पनि सहभागिता थियो