पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म

पाल्पामा जारी निषेधाज्ञाको समयावधि पुनः एक हप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पु¥याइएको छ  । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरू बिहान ७ बजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ  । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ ।कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०–६४ वर्ष भन

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा निषेधाज्ञा थपियो

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यही जेठ मसान्त सम्म लगाएको निषेधाज्ञालाई पुनः सात दिन थप गरी आगामी असार ७ गते राति १२ वजेसम्म कायम गरेको छ ।कोरोना भाइरस सङ्क्रमितको संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिए ।कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख...

सिन्धुपाल्चोकमा पुनः एकसाता निषेधाज्ञा थपियो

चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यही जेठ मसान्त सम्म लगाएको निषेधाज्ञालाई पुनः सात दिन थप गरी आगामी असार ७ गते राति १२ वजेसम्म कायम गरेको छ । भाइरस सङ्क्रमितको संख्यामा कमी नआएपछि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिए । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गत वैशाख २३ गते देखि […]

निषेधाज्ञा थप गर्न उपत्यकाका तीन सीडीओ सहमत : अवधि भने भोलि सार्वजनिक गरिने

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका छन्। आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेपनि कति दिनसम्म थप गर्ने भन्ने बिषयमा टुङ्गो नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। ‘एक हप्ता गर्ने की जेठ मसान्त सम्मनै…

चितवनमा उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी

जेठ १४, चितवन । चितवनमा गत वैशाख दोस्रो साता पछि गरिएको निषेधाज्ञाका कारण उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी आएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार चैत महीनामा सबै उद्योग गरी ३८७ ओटा उद्योग दर्ता भएकोमा वैशाख महीनामा जम्मा १२३ ओटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योग मध्ये सबैभन्दा बढी वन तथा कृषिजन्य उद्योग रहेका छन् । जसअनुसार चैत महीनामा उक्त शीर्षकमा २५६ ओटा उद्योग दर्ता भएका थिए भने वैशाख महीनामा ८७ ओटा उद्योग दर्ता भएका छन् ।  यस्तै चैत महीनामा उत्पादनमुलक उद्योग ५३ ओटा वैशाख महीनामा १३ ओटा, चैत महीनामा सेवामूलक उद्योग ७१ ओटा र पर्यटनमूलक उद्योग ७ ओटा दर्ता भएका थिए भने वैशाख महीनामा सेवामूलक २२ ओटा उद्योग र पर्यटनमूलक उद्योग एउटा मात्र दर्ता भएको छ । दुई महीनामा उर्जामूलक उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग भने दर्ता भएका छैनन् ।  कार्यालयका लेखाप्रमुख नारायण लम्सालले निषेधाज्ञाले गर्दा नै उद्योग दर्ता गर्नेको संख्यामा न्यून रहेको बताए । ‘कोरोना महामारीको हल्लासँगै वैशाखको पहिलो सातादेखि नै उद्योग दर्ता गर्ने कम हुँदै गएका थिए, उनले भने, वैशाख १६ देखि त निशेधाज्ञा नै जारी भयो ।’ गतसाल भएको कोभिड महामारीको समयमा भन्दा यसपटक उद्योग दर्ता गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाइ छ ।  अनुदानले गर्दा वनतथा कृषिजन्य उद्योगमा आकर्षण   कार्यालयमा सबै शीर्षकभन्दा बढी वन तथा कृषिजन्य उद्योगमा आकर्षण बढेको पाईएको छ । ‘कृषि क्षेत्र सरकारको प्राथमिकता परेको क्षेत्र पनि भयो, लेखा अधिकृत लम्सालले भने, यो क्षेत्रमा अनुदान र सहुलियत व्याजदर पनि उपलब्ध छ ।’ चितवन कृषि क्षेत्रको हब भएको र उत्पादन र प्रशस्त संभावना रहेकोले पनि यस शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको उनले बताए । कार्यालयले उद्योगबाट चालू आर्थिक वर्ष वैैशाखसम्ममा ८ करोडभन्दा बढी राजस्व संकलन गरिसकेको छ ।  ‘यो आवमा ८ करोड संकलन गर्ने अनुमान थियो, अहिलेनै ८ करोड नाघिसकेको छ, उनले भने, निशेधाज्ञा नभएको भए असार मसान्त सम्म १० करोड पुग्थ्यो ।’ अबका दिनमा निषेधाज्ञा खुकुलो भएपनि उद्योग दर्ता गर्नेको संख्यामा उत्साह नहुने उनको भनाइ छ । ‘चालू आर्थिक वर्ष सकिने बेला पनि भयो, उनले भने, असारमा क्लोजिङ शुरु हुने हुँदा बैंकले ऋण प्रवाहमा पनि कडाई गर्छन् ।’ हाल यस कार्यालयबाट ५ लाख देखि पाँच करोड पूँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । कार्यालयले उद्योग दर्ता गरेबापत न्यूनतम १२ हजार १०० रुपैयाँ राजस्व लिने गरेको छ ।