रत्ननगरमा १५ करोडको लगानीमा ‘वाटर किङडम’ निर्माण शुरु

भदौ २८, चितवन  । चितवनको पर्यटक नगरी  रत्ननगरमा १५ करोड रुपैयाँको लगानीमा वाटर किङडम निर्माण प्रक्रिया शुरु गरिएको छ । सो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटकलाई आकर्षण गर्न पानीसँग सम्बन्धित गतिविधिका पूर्वाधार बनाउन लागिएको हो ।  वाटर किङडम बालबालिकाको लागि चिप्लेटीदेखि पर्यटकका लागि बन्द हलभित्र कृत्रिम हिउँ पार्ने सम्मको पूर्वाधार निर्माण हुने बताइएको छ । ९ महीनामा निर्माण सम्पन्न गर्ने गरी वडा नम्बर ८ को बाघमारामा उक्त वाटर किङडम निर्माण शुरु गरिएको हो ।  किङडमको डीपीआर तयार गरी ठेक्का प्रक्रियाको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी दिएको  छ । रत्ननगर नगरपालिकाको १० करोड ५० लाख रुपैयाँ र केन्द्र सरकारको ४ करोड ५० लाख रुपैयाँको लगानीमा वाटर किङडम निर्माण हुने नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।  गिरीका अनुसार सौराहाको पर्यटन विकासको लागि निकटमा रहेको बाघमारा स्थित चार विघा क्षेत्रफलमा वाटर किङडम निर्माण हुनेछ । वाटर किङडममा तीन ओटा कृत्रिम पोखरी, स्विमङ पुल, ६० देखि ६५ मिटरको ६ ओटा चिप्लेटी, पानी डान्स, गर्मी छल्न हल भित्र कृत्रिम हिउँ, रोटे पीङ लगायतका आकर्षक पूर्वाधार निर्माण हुने उनले बताए ।  सौराहा आउने पर्यटकलाई नयाँ अनुभूति दिन वाटर किङडम निर्माण शुरु गरिएको मेयर नारायण वनले बताए । ‘सौराहाले नयाँ स्वाद खोजिरहेको छ उनले भने हामी रमणीय ठाउँ बनाएर पर्यटकलाई आनन्द दिनेछौं र यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन समेत मदत गर्नेछ ।’ सो नगरपालिकाले वाटर किङडम निर्माण गरी सञ्चालनको लागि निजी संस्था, व्यक्ति वा कम्पनीलाई जिम्मा दिने योजना बनाएको छ ।  शुरुमा नगरपालिका र केन्द्र सरकारको लगानीमा निर्माण गर्ने र लगानीको लागि शेयर खुल्ला गर्ने योजना रहेको मेयर वनले बताए । शुरुमा निजी संस्था, व्यक्ति वा कम्पनी सञ्चालनको लागि जिम्मा दिने र उनीहरुले नगर भित्रका आमा समूह, सहकारी, क्लब, टोल विकास संस्था, क्लवहरुलाई न्यूनतमा शेयर रकम तोकेर शेयर खुला गर्नुपर्ने छ ।  वाटर किङडम चितवनकै पर्यटन विकासको अनुपम स्थानको रुपमा स्थापित हुने मेयर वनको भनाइ छ । सञ्चालनको चरणमा समुदायको लगानी हुने भएकाले सबैले अपनत्व ग्रहण गर्ने सक्ने भएकाले रत्ननगरको वाटर किङडम नेपालकै नमूना पर्यटकीय केन्द्रको रुपमा विकास हुने वनको विश्वास छ ।  वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेस गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना रहेको छ । हात्ती चढेर निकुञ्ज घुम्ने पर्यटकलाई अर्को नयाँ कार्यक्रमको रुपमा वाटर किङडम निर्माण गर्न लागिएको भन्दै मेयर वनले यो पर्यटकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।  हाल सौराहाको पर्यटन विकासको लागि सिसुवारमा गैंडा आकृतिको सभाहल, वडा नम्बर ९ मा होम स्टे सहितको रमणीय पार्क निर्माण भइरहेको छ । सौराहालाई पार्कहरुमा जोडेर पर्यटनको विकाससँगै स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउने योजना रहेको मेयर वनले वाटर किङडम, सभाहल र होम स्टे सहितको पार्क सञ्चालनमा आएपछि रोजगारीसँगै आयआर्जनका धेरै माध्यम सृजना हुने बताए । 

सम्बन्धित सामग्री

एक करोड व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण

प्रसिद्ध धार्मिकस्थल रेसुंगाको काखमा एक समाजसेवीले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा मन्दिर निर्माण गरेका छन् । गुल्मीदरबार गाउँपालिका– ३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् ।  उनले...

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण हुँदै

जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...

व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण, सरोकारवाला भने बेखबर

बझाङ – बझाङको सदरमुकाम चैनपुरमा व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरिएको छ । झन्डै एक वर्ष लगाएर जयपृथ्वी नगरपालिका १० का समाजसेवी सन्तबहादुर सिंहले आफ्नै जग्गामा व्यक्तिगत लगानीमा ब्याडमिन्टनका लागि कभर्ड हल निर्माण गर्नुभएको हो ।  झन्डै २० लाख रुपैयाँमा बनेको कभर्ड हलको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा सिंहले भन्नुभयो, ‘जिल्लामा एउटा पनि राम्रो खेल मैदान छैन । ब्याडमिन्टन खेल्ने खेलाडीको सङ्ख्या बढ्दै गएको छ । कहिले पानी पर्दा र कहिले हावाहुरी चल्दा प्रतियोगिता नै नहुने भएका कारण ...

तीन करोड लगानीमा फलामे पदमार्ग निर्माण

दिपेन्द्र घलेसिन्धुपाल्चोक-संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागको ३ करोड लगानीमा ‘एडभेन्चर भिया फराता’ निर्माण गरिएको छ ।जिल्लाको दुर्गम स्थल मानिने जुगल गाउँपालिकाको जुगल हिमश्रृंखलाका ६ वटा चुचुरोमा आरोहण गर्न आर्कषक ‘भिया फराता’ अर्थात् फलामे पदमार्ग निर्माण गरिएको हो ।अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसिंह गुरुङको अगुवाइमा ७ जनाले २५ दिन खर्चिएर ‘एडभेन्चर भिया फराता’ […]

चन्द्रागिरि नगरपालिका एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो।

नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने

लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । झण्डै चार करोड बजेट लगानी गरी नगरपालिकाले चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको हो ।मध्यनेपाल नगरपालिका–३ र ४ को सिमाना भएर बग्ने चर्दी खोलामा क्रमागत योजना बनाएर आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने तयारी गरेको हो । मोटरेबल पुल निर्माणका लागि केही […]

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

कोरोना महामारीबीच काठमाडौँको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ। नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो।

डेढ अर्ब लगानीमा मौलाकालिकामा केबलकार निर्माण सुरु

काठमाडौं। धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माण सुरु भएको छ। नवलपरासीको गैंडाकोटदेखि मन्दिरसम्म केबलकार बन्ने भएको हो। स्थानीय साझेदारसहित आईएमई गु्रपले डेढ अर्ब लगानीमा केबलकार निर्माण गर्न लागेको हो। एक किलोमिटर दुई सय मिटर लामो उक्त केबलकारमा ६ पिलर र १२ वटा डब्बा) रहने छन्। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो।

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...

व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण,स्थानीय खुसी

डेढसय घरधुरीका ७ सयजना नागरिक लाभान्वितजुम्ला-यहाँको पातारासी गाउँपालिका ५ जप्ना गाउँमा व्यक्तिगत लगानीमा खानेपानी धारा निर्माण गरिएको छ । अहिलेसम्म खोलाकै पानी प्रयोग गरिरहेका जप्ना गाउँका नागरिकको समस्यालाई बुझ्दै स्थानीय युवा कृष्णवीर बुढाको व्यक्तिगत लगानी गरेपछि गाउँमा धारा निर्माण भएको हो ।गाउँमा धारा निर्माण भएपछि स्थानीय नागरिकलाई राहत भएको छ । गाउँमा धेरैपछि व्यवस्थित धारा […]