बझाङ – बझाङको सदरमुकाम चैनपुरमा व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरिएको छ । झन्डै एक वर्ष लगाएर जयपृथ्वी नगरपालिका १० का समाजसेवी सन्तबहादुर सिंहले आफ्नै जग्गामा व्यक्तिगत लगानीमा ब्याडमिन्टनका लागि कभर्ड हल निर्माण गर्नुभएको हो ।
झन्डै २० लाख रुपैयाँमा बनेको कभर्ड हलको शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा सिंहले भन्नुभयो, ‘जिल्लामा एउटा पनि राम्रो खेल मैदान छैन । ब्याडमिन्टन खेल्ने खेलाडीको सङ्ख्या बढ्दै गएको छ । कहिले पानी पर्दा र कहिले हावाहुरी चल्दा प्रतियोगिता नै नहुने भएका कारण ...