काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ५ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।