सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गर्नुभएको छ । बेँसीसहर नगरपालिका-९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङकाे निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गरेका छन् । बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको उनले आइतबार स्थलगत निरीक्षण गरेका हुन् ।
काठमाडौं : शनिबार राजधानीस्थित भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट हेर्न आएका दर्शकको संख्या झण्डै ५ हजार थियो। राति सवा ८ बजे कन्सर्ट सकिएर निस्किँदा कोही एकजनाले रातो र चन्द्र सूर्य गाउन शुरु गर्यो। उसैलाई पछ्याउँदै अरुले पनि सँगै गाउन थाले। यो नेपथ्यको २ घण्टा लामो सांगीतिक प्रस्तुतिको प्रभाव थियो। लामो समयपछि काठमाडौंमा कन्सर्ट गरेको नेपथ्यलाई दर्शकले राम्रो साथ दिए। सन् २०२२ को अन्तिम दिनका साथै ब्याण्डका गायक अमृत गुरुङको जन्मदिन पनि सोही दिन परेकाले उक्त कन्सर्ट अझ विशेष हुन पुग
मानवता प्रवर्द्धन गर्ने उद्देश्यले मानवसेवा आश्रम र नेपथ्य ब्यान्डको सहकार्यमा काठमाडौं, पोखरासहित मुलुकका प्रमुख १० सहरमा हुन लागेको संगीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पूरा भएको छ । आश्रमले बिहीबार...
मानवसेवा आश्रम र काठमाडौं महानगरपालिकाबीच उपत्यकामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको व्यवस्थापनका लागि आज योजना तथा समीक्षा बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा भएको बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै मानवसेवा आश्रमद्धारा सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।मनवसेवा आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको सामाजिक संस्था हो । यस संस्थ
मानवसेवा आश्रमको रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ । यस अघि बुटवल उपमहानगरपालिका वडा नं। ८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले मंगलबारदेखि तिलोत्तमा नगरपालिका ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेका थिए । नवनिर्मित भवनबाट महिला र बालिकाहरूलाई सेवा प्रदान गरि
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उप-प्रमुख सुनिता डंगोलले मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाको अवलोकन गरेका गरेका छन् । सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उप प्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा हेटौंडा गएको समयमा प्रमुख शाह र उपप्रमुख डंगोलले संयुक्त रूपमा आश्रमको अवलोकन गरेका हुन् ।यस क्रममा मानवसेवा आश्रमका प्रमुख संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हाल
काठमाडौं महानगरपालिकाले सहिद धर्मभक्त माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्ने भएको छ। नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब...