काठमाडौं : शनिबार राजधानीस्थित भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट हेर्न आएका दर्शकको संख्या झण्डै ५ हजार थियो। राति सवा ८ बजे कन्सर्ट सकिएर निस्किँदा कोही एकजनाले रातो र चन्द्र सूर्य गाउन शुरु गर्यो। उसैलाई पछ्याउँदै अरुले पनि सँगै गाउन थाले। यो नेपथ्यको २ घण्टा लामो सांगीतिक प्रस्तुतिको प्रभाव थियो। लामो समयपछि काठमाडौंमा कन्सर्ट गरेको नेपथ्यलाई दर्शकले राम्रो साथ दिए। सन् २०२२ को अन्तिम दिनका साथै ब्याण्डका गायक अमृत गुरुङको जन्मदिन पनि सोही दिन परेकाले उक्त कन्सर्ट अझ विशेष हुन पुग