पहिलो दिनमै पाकिस्तान अलआउट

एजेन्सी। वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै पाकिस्तानले पहिलो इनिङको सबै विकेट गुमाएको छ। टस हारेर ब्याटिङ थालेको पाकिस्तानका फवाद आलमले ५६ र फहीम अस्रफले ४४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन्। वेष्ट इन्डिजका जेडेन सिल्स र जसोन होल्डरले समान तीन अंक लिए। केमर रोचको नाममा दुई विकेट रह्यो। पहिलो दिन सकिँदा वेष्ट इन्डिज २/२ को स्थितिमा छ।

सम्बन्धित सामग्री

टेस्ट क्रिकेटमा लियोनको ५०० विकेट पूरा, चौथो दिनमै पराजित भयो पाकिस्तान

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा ३ सय ६० रनको फराकिलो जित हात पारेको छ । ४५० रनको लक्ष्य पाएको पाकिस्तान चौथो दिन दोस्रो पालीमा ८९ रनमा अलआउट भयो । पाकिस्तानलाई सस्तोमा समेट्न घरेलु टोलीका मिचेल स्टार्क र जोस हेजलउडले ३-३ र नाथन लियोनले २ विकेट लिए । लियोन टेस्ट क्रिकेटमा ५०० […]

चीनले पाकिस्तानलाई ७० करोड डलर दिँदै

काठमाडौं । चीनले पाकिस्तानलाई ७० करोड डलर दिने भएको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफको ७ अर्ब डलर बराबरको वित्तीय उद्धारअन्तर्गत रोकिएको किस्ता जारी गर्न आईएमएफले तोकेको पूर्व शर्तहरू पूरा भएकै समयमा अर्थमन्त्री इशाक दारले यस्तो बताएका हुन् ।  दारले बताएअनुसार चाइना विकास बैंक (सीडीबी) को सञ्चालक समितिले पाकिस्तानका लागि ७० करोड डलरको कर्जा सुविधा पारित गरेको छ । विदेशी मुद्राको चरम अभाव भोगिरहेको पाकिस्तानका लागि अन्य बहुपक्षीय कर्जादाता निकाय र मित्र देशहरूबाट डलर आप्रवाह सहज बनाउने आशामा सीडीबीले सो कर्जा सुविधा पारित गरेको बताइएको छ । सो रकम यही हप्ता पाइने आशा गरिएको दारको भनाइ छ । यसले पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (सीबीपी) को विदेशी  विनिमय भण्डार बढाउनेछ । हप्तौंदेखि आयात नियन्त्रण गर्दा गर्दै पनि पाकिस्तानको विदेशी विनमिय सञ्चिति घटेर ३ अर्ब डलरमा आएको छ । यसले १६/१७ दिनको आयात मात्रै धान्न पुग्छ । दुई महीनासम्मको आयात धान्नका लागि पाकिस्तानले आफ्नो विदेशी विनिमय सञ्चिति बढाएर १० अर्ब डलरमा पुर्‍याउन जरुरी छ । पाकिस्तानले आईएमएपसँग किस्ता प्रवाहका लागि कर्मचारी स्तरको सम्झौता गरेपछि चीन, साउदी अरब र संयुक्त अरब इमिरेट्सबाट छिट्टै नै डलर प्रवाह हुने पाकिस्तानको आशा  छ ।  कोष र पाकिस्तानले फेब्रुअरी २८ मा सो समझौतामा हस्ताक्षर गर्ने बताइएको छ । यो लगत्तै मार्चको पहिाले हप्तामा कोषको कार्यकारी सञ्चालक समतिको बैठक बस्ने आशा गरिएको छ । कोषले राखेको अन्तिम शर्त पूरा गर्न प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपतिको सचिवालयमा अनुमोदनका लागि बुधबार साँझ नै वित्त (पूरक) विधेयक २०२३ पठाएका थिए ।  तर राष्ट्रिय सभाले बिधेयक पारित गरेको २ दिन ढिला गरेर मात्रै विधेयक राष्ट्रपतिको सचिवालयमा पठाइएको छ । संविधानअनुसार राष्ट्रपतिसँग वित्त विधेयकलाई खारेज गर्ने वा विरोध गर्ने शक्ति छैन । विधेयक पठाएपछि राष्ट्रपतिले केही दिनमै यसमा हस्ताक्षर गरेर यसलाई संसदमा पठाउनुपर्छ । -एजेन्सी

पाकिस्तानविरुद्ध इंग्ल्यान्ड: रनको वर्षा, तीन दिनमै ७ शतक

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा रनको वर्षा हुनेक्रममा तीन दिनमै ७ शतक बनेको छ । पहिलो दिन क्रिकेट इतिहासमै पहिलो पटक चार शतक बन्दा तेस्रो दिन थप तीन शतक बनेका छन् । घरेलु टोली पाकिस्तान तेस्रो दिनको समाप्तिमा पहिलो इनिङमा ४९९–७ को अवस्थामा छ । पाकिस्तान पहिलो इनिङमा अझै १ […]