चीनले पाकिस्तानलाई ७० करोड डलर दिँदै

काठमाडौं । चीनले पाकिस्तानलाई ७० करोड डलर दिने भएको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफको ७ अर्ब डलर बराबरको वित्तीय उद्धारअन्तर्गत रोकिएको किस्ता जारी गर्न आईएमएफले तोकेको पूर्व शर्तहरू पूरा भएकै समयमा अर्थमन्त्री इशाक दारले यस्तो बताएका हुन् ।  दारले बताएअनुसार चाइना विकास बैंक (सीडीबी) को सञ्चालक समितिले पाकिस्तानका लागि ७० करोड डलरको कर्जा सुविधा पारित गरेको छ । विदेशी मुद्राको चरम अभाव भोगिरहेको पाकिस्तानका लागि अन्य बहुपक्षीय कर्जादाता निकाय र मित्र देशहरूबाट डलर आप्रवाह सहज बनाउने आशामा सीडीबीले सो कर्जा सुविधा पारित गरेको बताइएको छ । सो रकम यही हप्ता पाइने आशा गरिएको दारको भनाइ छ । यसले पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (सीबीपी) को विदेशी  विनिमय भण्डार बढाउनेछ । हप्तौंदेखि आयात नियन्त्रण गर्दा गर्दै पनि पाकिस्तानको विदेशी विनमिय सञ्चिति घटेर ३ अर्ब डलरमा आएको छ । यसले १६/१७ दिनको आयात मात्रै धान्न पुग्छ । दुई महीनासम्मको आयात धान्नका लागि पाकिस्तानले आफ्नो विदेशी विनिमय सञ्चिति बढाएर १० अर्ब डलरमा पुर्‍याउन जरुरी छ । पाकिस्तानले आईएमएपसँग किस्ता प्रवाहका लागि कर्मचारी स्तरको सम्झौता गरेपछि चीन, साउदी अरब र संयुक्त अरब इमिरेट्सबाट छिट्टै नै डलर प्रवाह हुने पाकिस्तानको आशा  छ ।  कोष र पाकिस्तानले फेब्रुअरी २८ मा सो समझौतामा हस्ताक्षर गर्ने बताइएको छ । यो लगत्तै मार्चको पहिाले हप्तामा कोषको कार्यकारी सञ्चालक समतिको बैठक बस्ने आशा गरिएको छ । कोषले राखेको अन्तिम शर्त पूरा गर्न प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपतिको सचिवालयमा अनुमोदनका लागि बुधबार साँझ नै वित्त (पूरक) विधेयक २०२३ पठाएका थिए ।  तर राष्ट्रिय सभाले बिधेयक पारित गरेको २ दिन ढिला गरेर मात्रै विधेयक राष्ट्रपतिको सचिवालयमा पठाइएको छ । संविधानअनुसार राष्ट्रपतिसँग वित्त विधेयकलाई खारेज गर्ने वा विरोध गर्ने शक्ति छैन । विधेयक पठाएपछि राष्ट्रपतिले केही दिनमै यसमा हस्ताक्षर गरेर यसलाई संसदमा पठाउनुपर्छ । -एजेन्सी 

सम्बन्धित सामग्री

जाइकाले डोल्मा फण्डलाई एक करोड डलर लगानी गर्ने

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच जाइकाले डोल्मा इम्प्याक्ट फण्डमा एक करोड डलर लगानी गर्ने प्रतिवद्धता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।...

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्य

विश्व बैंकले युक्रेनलाई ५३ करोड डलर सहयोग गर्ने

काठमाडौँ- विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र […]

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

वासिङ्टन । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।...

अमेरिकाले डेढ करोड डलर अनुदान दिने

अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर...

श्रीलङ्काले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने

कोलम्बो । श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ । भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो । श्रीलङ्काका व्यापार मन्त्री नलिन फर्नान्डोले भने, ‘यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका […]

डलर कार्डबाट ११ महिनामा २७ करोड बिदेसियो

प्रतिमहिना दुई करोड ३५ लाख बाहिरिँदै डलर कार्डमार्फत ११ महिनामा २७ करोड २५ लाख रुपैयाँ बिदेसिएको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरूले ०७७ चैतबाट डलर कार्ड जारी गर्न थालेका हुन् । माघ...