देशको उद्धार गर्ने सवालमा पनि एक भएनन् पाकिस्तानी नेताहरू, यथास्थितिमा आईएमएफले सहायता नदिने

काठमाडौं । माग्नेले आफूले भनेको-भनेको जस्तो र चाहेको-चाहेको जस्तो चिज कहाँ पाउँछ र ? अहिले ठ्याक्कै यस्तै अवस्थामा छ पाकिस्तान । बहुपक्षीय कर्जादाता निकाय ‘अन्तरराष्ट्रिय मुद्रा कोष’ (आईएमएफ)लाई रिझाउन पाकिस्तानले कर बढाउनेदेखि पेट्रोलको भाउ बढाउनेसम्म कोषले राखेका सबै शर्तहरु पूरा गर्यो । यद्यपि, सरकारले पेट्रोल र बिजुलीको भाउ बढाउने कुरामा कोषले भनेकै जत्ति भने गर्न सकेन वा गर्न पाएन ।  कर्मचारी तहबाटै आईएमएफसँगको वार्तालाई अन्तिम रुप दिने मामिलामा यति धेरै ढिला सुस्ती गरिएको दृष्टान्त यस अघि खासै पाइएका छैनन् । कोषले पाकिस्तानमा जारी राजनीतिक अस्थीरतालाई किस्ता जारी गर्न ढिलाई गरेको कारणको रुपमा तेर्साएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्याम 'डन'ले समाचार छापेको छ । आफूले पाकिस्तानसँग गर्ने जुनसुकै सम्झौतालाई भविष्यमा राजनीतिक दलहरुले सम्मान गर्छन् भन्ने आश्वासन कोषले खोजिरहेको छ । यो वर्ष शुरु भएयता नै दुई पक्षबीच कर्मचारी तहमा वार्ता जारी छ ।  आगामी केही दिनमै सम्झौता हुने गएको हप्ता वित्त सचिव हामिद याकूब शेखले बताएका थिए । तर यो आशा अहिले मात्रै होइन, विगतमा समेत पटक पटक तुषारापात भएको छ । पाकिस्तानले कोषले भनेको सबै नीतिगत उपायहरु कार्यान्वयन गरेको छ । ब्याजदर समेत ३०० आधार विन्दुले बढाएर २० प्रतिशतमा पुर्याएको छ । यो २५ वर्षयताकै उच्च हो । सन् २०२२ को जनवरी यता महँगीमा अंकुश लगाउनकै लागि स्टेट बैंक अफ पाकिस्तानले ब्याजदर १ हजार ५० आधार विन्दुले बढाइसकेको छ ।  तर सबै भइसक्दा पनि वित्तीय र राजनीतिक आश्वासनका कारण उत्पन्न सवालहरु सुल्भिएका छैनन् । भुक्तानी सन्तुलनमा देखिएका दरार पुर्न पर्याप्त वित्तीय स्रोत जुटाउन सक्नेमा पाकिस्तानले कोषलाई आश्वास्त पार्न सकेको छैन । अहिले पाकिस्तानलाई खाँचो भएको डलरको केही अंश मात्रै कोषले दिने हो । अन्य कर्जादाता वा मित्र देशहरुले समेत उसलाई डलर दिइने वाचा गर्छन् भन्ने कोषले पक्का गर्न खोजेको छ ।  साउदी अरब, चीन र अन्य साझेदारहरुले समेत पाकिस्तानलाई सहयोगको हात बढाइरहेका छन् । चीनले हालैका दिनमा पाकिस्तानलाई डेढ अर्ब डलर भन्दा बढी सहायता उपलब्ध गराएको थियो । अमेरिकाले पनि पाकिस्तानमा ऊर्जाको दिगो स्रोत विकासमा मद्दत गर्छु भनेको छ । तर यी सबै मद्दतको वाचा कोषका लागि भने पर्याप्त छैन । पाकिस्तानलाई भुक्तानी सन्तुलनमा देखिएको अन्तर भर्न ५ अर्ब डलर चाहिने पाकिस्तान सरकारको अनुमान छ । तर कोषको अनुमानमा भने यो रकम ७ अर्ब डलर छ ।  पाकिस्तान सरकारले हस्ताक्षर गर्ने सम्झौता कार्यान्वयनको पाटो पनि त छ । कोषसँग अड्किएर बसेको वित्तीय उद्धारबापतको किस्ता फुकाउन सरकारले गरेको सम्झौता कार्यान्वयनमा उ चुक्ने भय कोषमा व्याप्त छ । पाकिस्तानमा खैवर पख्तुनख्वा र पञ्जाब प्रान्तमा निर्वाचन हुने अपेक्षा छ । छिटै नै राष्ट्रिय निर्वाचन पनि हुँदैछ । यस्तोमा आफूले अहिले हस्ताक्षर गरेको सम्झौता कार्यान्वयन होला कि नहोला भन्ने दोधारमा आईएमएफमा छ ।  अहिलेको सरकार विस्थापित भयो भने भोलि बन्ने नयाँ सरकारले सम्झौता लागू गर्छ भन्ने आश्वासन कोषले पीटीआई समेतका विपक्षी दलहरुबाट मागिरहेको छ । अहिले नै यस्तो खालको वाचा गरेर सरकारका लागि बाटो सजिलो बनाइदिने मूडमा विपक्षी दल छैनन् । यी सबै समस्याहरु समाधान नहुँदासम्म पाकिस्तानसँगको अहिलेको वार्तालाई टुङ्गो लगाएर कागजपत्र आफ्नो सञ्चालक समितिमा पठाउन सक्ने अवस्थामा आईएमएफ छैन् ।  पाकिस्तानमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) खुम्चिएको छ । गत आवको जुलाई फेब्रुअरी अवधिमा १ अर्ब २० करोड डलर रहेको एफडीआई प्रवाह चालू आवको सोही अवधिमा ६९ करोड डलरमा समेटिएको छ । कर्जाको पुनः भुक्तानी बापतको डलर पलायन आकाशिएको छ । विप्रेषण आप्रवाह पनि घटेको छ । गएको आवको तुलनामा चालू आवामा विप्रेषण आप्रवाह ३ अर्ब डलर कम हुने आकलन केन्द्रीय बैंकको छ ।  बजेटको लक्ष्यको तुलनामा निर्यात पनि ९/१० अर्ब डलर कम हुने स्थिति छ । एक वर्ष अघिको तुलनामा चालू आवको जुलाई-जनवरीको बीचमा निर्यात ७ दशमलव ४ प्रतिशतले घटेको छ । हाई-भ्यालु-एडेड टेक्सटाइल वस्तु बाहेक अन्यत्र सबैतिर निर्यात खुम्चिएको छ ।  कोषले यस अघि अन्य बहुपक्षीय कर्जादाता निकाय वा मित्र देशहरुले दिने वाचालाई सम्झौता हस्ताक्षरमा अड्को बनाएको थिएन । तर अहिले उसलाई यसमा पनि आश्वासन चाहिएको छ । चरम डलर संकट भोगिरहेको पाकिस्तानको लागि कोषको ढिलाईले अनेकौं असर देखिन थालेको छ । अहिले दिउँला भोलि दिउँला भन्दा भन्दै पाकिस्तानलाई वित्तीय उद्धारबापतको किस्ता रकम दिन आलटाल गरिरहेको छ । कोषको सहायता 'नखाउ भने दिनभरिको शिकार, खाउ भने कान्छा बाउको अनुहार' चरितार्थ हुँदै गएको छ । छिटै कोषले किस्ता जारी नगरे पाकिस्तानले कर्जा पुनःभुक्तानी पनि रोक्नु पर्ने स्थिति छ । जुनसम्ममा पाकिस्तानले ३ अर्ब डलर बराबरको ऋण चुक्ता गर्नु पर्नेछ । चीनको आईसीबीसी बैंकले दिएको कर्जा फिर्ताले यसमा केही राहत दिने आशा गरिएको छ । तर अन्यत्रबाट रकमको जोहो नभए पाकिस्तान डिफल्टमै जाने खतरा बढेको छ । यो वर्ष शुरु भएयता डलरको तुलनमा पाकिस्तानी रुपया २० प्रतिशतले कमजोर बनिसकेको छ । तत्कालै वित्तीय अन्तर भर्न चाहिने रकम पाकिस्तानले पाउन नसके रुपयाको भाउमा थप अवमूल्यन आउने निश्चित प्रायः छ । चीन पाकिस्तानको सबैभन्दा ठूलो कर्जादाता भएकोले चीन आफैं अगाडि बढेर पाकिस्तानलाई ढाडस देला त ? यो भने हेर्न बाँकी नै छ । एजेन्सीहरुको सहयोगमा

सम्बन्धित सामग्री

भारतमा बेचिएका दुई किशोरीको उद्धार

पाटन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भने, ‘सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा […]

सुत्केरीको हवाई उद्धार

काठमाडौँ – कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । रास्कोट नगर अस्पतालमा सुत्केरी हुनुभएकी रास्कोट नगरपालिका–८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो । नगर अस्पतालमा सुत्केरी हुनुभएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका […]

अजिङगरको उद्धार

राजविराज– सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरको आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो । सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ-सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जानकारी दिए । करिब १० केजीको उक्त अजिङगरलाई उद्धार […]

बैतडीबाट ५ महिलाको उद्धार

बैतडी : बैतडीमा मानसिक समस्या भएका ५ महिलाको उद्धार गरिएको छ। उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरिएको हो।मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए।जिल्लाको शिवनाथ गाउँपालिकाबाट २ जना, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट १/१ जनाको उद्धार गरिएको उनले बताए।धनगढीमा रहेको दृष्टि फाउण्डेसन संस्थासँग सहकार्य गरेर उनीहरुको उद्धार गरिएको उनले बताए। उद्धार गरिएका मानसिक समस्या भएक

बैतडीबाट पाँच महिलाको उद्धार

बैतडी– बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो । मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। जिल्लाको शिवनाथ गाउँपालिकाबाट दुई, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट एक/एक जनाको उद्धार गरिएको उनले बताए । धनगढीमा रहेको […]

हेलिकप्टरबाट सुत्केरीको उद्धार

कालीकाेट - कालीकोट पलाँता गाउँपालिका-५ खिनकी २४ वर्षीया गीता शाही बमको हेलकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि बमलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वडा अध्यक्ष वीर बमको पहलमा सुत्केरीको उद्धार गरिएको हो । खिनको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि बिहीवार नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान समन्वय इकाइ काठमाण्डौलाई सुत्केरीको उद्धार...

घाइते चितुवाको उद्धार

मङ्गलबारे । इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो । एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याइएको थियो । […]

चितवनमा एक सय नौ वन्यजन्तुको उद्धार

चितवन, १० पुस: चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् । उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा […]

गर्भवतीको हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको आठविस नगरपालिका–७ खड्कावालाकी ३४ वर्षीया गर्भवती रूपा कठायतको रक्तस्रावपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ। रक्तस्रावपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी हेलिकप्टरबाट सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।हेलिकप्टरबाट उद्धार गरिएकी रुपाको प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जानकारी पाएको आठ

पाँच बालकको भारतबाट उद्धार

भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ ।    विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ । शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजव