चौध करोडका इँटा नष्ट

रुपन्देहीमा बेमौसमी वर्षाका कारण इँटा उत्पादनमा ह्रास आएको छ । उद्योगीका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १४ करोड रुपियाँ बराबरको काँचो इँटा नष्ट भएको छ । रुपन्देहीमा ५२ वटा इँटा उद्योग सञ्चालनमा छन् । इँटा उद्योगमा यस वर्ष उत्पादनका लागि तयारी अवस्थामा राखिएका काँचा इँटा क्षति भएको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । गत मङ्सिरदेखि फागुनसम्म विभिन्न समयमा परेको बेमौसमी वर्षाका कारण काँचो इँटामा क्षति भएकाले यस वर्ष इँटा उत्पादनमा कमी आउने र उत्पादन लागतसमेत बढ्ने हुँदा सम्पूर्ण व्यवसायी मर्कामा परेको घिमिरेले बताउनुभयो । इँटामा क्षति पुगेकाले मूल्य बढ्नसक्ने पनि उहाँले बताउनुभयो । घिमिरेका अनुसार अहिलेसम्म इँटा उत्पादनमा ६० प्रतिशत गिरावट आएको छ । अब चैत र वैशाखमा मौसम सफा भए ४० प्रतिशत इँटा उत्पादन बढ्नसक्ने तर यसले बजारमा इँटाको माग पूरा नगर्ने हुनाले इँटाको अभाव हुनसक्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

जर्मन प्रविधिबाट नेपालमा चाइनिज इँटा उत्पादन हुने

नेपालमा जर्मन होफम्यान प्रविधिबाट इँटा उत्पादन सुरु हुने भएको छ। अबको तीन महिनापछिबाट इँटा उत्पादन सुरु हुने जनाइएको छ।...

बन्द हुने अवस्थामा रुपन्देहीका इँटा उद्योग

काठमाडौँ – रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्। गतवर्ष २५ हजार रुपाैयाँ प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ […]

कोइला महंगिएपछि रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

२५ असार, भैरहवा । रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गत वर्ष प्रतिमेट्रिकटन २५ हजार रुपैयाँमा खरिद गरिएको कोइलाको लागत यस वर्ष ४५ हजार रुपैयाँ पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा […]

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

भैरहवा । रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गत वर्ष २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा […]

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।गत वर्ष रु २५ हजार प्रति मेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रति मेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा  सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए । उनले प्राकृतिक प

काचो इँटा बनाउँदै मजदुर

जलेश्वर, ३ वैशाख । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ मा अवस्थित माँकाली इँटा उद्योगमा काचो इँटा बनाउँदै मजदुर । तस्वीरः सञ्जीतकु्मार मण्डल÷ रासस

वर्षाले मधेस प्रदेशमा करोडौंको इँटा नष्ट

वीरगञ्ज – गत बिहीबारदेखि तीन दिनसम्म लगातार भएको वर्षाले मधेस प्रदेशमा करोडौंको इँटा नष्ट भएको छ। लगातार परेको पानीले प्रदेशका आठवटै जिल्लामा रहेका इँटा भट्टामा क्षति पुगेको हो। मजदुरहरुले तयार गरेको काँचो इँटा वर्षाले भिजाएर नष्ट गर्दा कराडौंको क्षति भएको इँटा व्यवसायीहरुले बताएका छन्। तराईका सबै इँटा भट्टामा रहेको काँचो इँटा भिजेर नष्ट भएको पर्सा […]

वर्षाले इँटा उद्योगमा अर्बौं क्षति

जनकपुरधाम : लगातार दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण तराई–मधेशका इँटा उद्योगमा अर्बौंको  क्षति भएको छ।वर्षाका कारण निर्माणका लागि तयार अवस्थामा रहेका लाखौं काँचो इँटा नष्ट भएको र इँटा तयार पार्ने सिजनको मुखमै वर्षा हुँदा अर्बौंको क्षति भएको इँटाभट्टा सञ्चालकले जानकारी दिएका छन्।शुक्रबार र शनिबार भएको वर्षाको  कारण सयौँ इँटा उद्योगमा क्षति भएको छ। उद्योग सञ्चालकका अनुसार प्रति इँटा उद्योगमा कम्तिमा २० देखि २५ लाख काँचो इँटा नष्ट भएका छन्।धनुषाका  गणेश इँटा उद्योगका स

वर्षाले रौतहटका इँटा व्यवसायी मारमा

रौतहट : बेमौसमी वर्षाका कारण रौतहटका इँटा व्यवसायीहरू मारमा परेका छन्। वर्षाले ठूलो मूल्‍यको काँचो इँटा नष्ट भएको छ।बिहीबार रातिदेखि भएको वर्षाका कारण रौतहट जिल्लामा मात्रै २० करोडको काँचो इँटा गलेर नष्ट भएको इँटा व्यवसायी संघका रौतहटका अध्यक्ष विनोद जयसवालले बताए।काँचो इँटाको बिमा नहुँदा जिल्लाका सबै इँटा व्यवसायी मारमा परेको उनले बताएका छन्। बिमाकै कारण व्यवसायीहरू बर्सेनि करोडौंको नोक्सानी व्यहोरनु परेकोले बिमाको सुविधा माग गरेका छन्।बिमा माग गर्दा पनि सरकारले नसुन्ने गरेको गुणासो गरे। इँ

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा क्षति

दुईदिन अघिसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ । वर्षाले काँचो इँटा गलेर नष्ट भएको हो । मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाले रौतहटका एक सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौं मूल्य बराबरको काँचो इँटा गलेर नष्ट भएको हो ।इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार जिल्लामा एकसय ६२ वटा इँटा उद्योग संचालनमा छन् ।बेमौसमी वर्षाले प्रायः सबै उद्योगमा क्षति गरेकाले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष