काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दुई देशबीच उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको खुलासा गरेका छन्।मंगलवार काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पदमार्ग शुभारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए। उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आ