हवाई भाडा समायोजन माग गर्दै सिंहदरबार पुगे डोल्पाली युवा

डोल्पा : कोरोना महामारीपछि एकाएक भाडा बढेको भन्दै भाडादर घटाउन माग गर्दै डोल्पाली युवा सिंहरबार पुगेका छन्। निजी वायुसेवा कम्पनीले नेपालगन्ज–डोल्पाका लागि एकतर्फी रुपमा वृद्धि गरेको हवाई भाडादर समायोजनका लागि उनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका छन्। डोल्पाका लागि दैनिक उडान भर्ने समिट, तारालगायत निजी विमान कम्पनीले बिनासूचना मनोमानी भाडा बढाएको भन्दै उनीहरूले घटाउन माग गरेका छन्। निजी

सम्बन्धित सामग्री

ईपीएसमार्फत दक्षिण काेरिया जाने हवाई भाडा घट्याे

काठमाण्डाै – रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरिया जाने हवाई भाडा घटाइएको छ । भाडा घटाएर एकतर्फी उडानको ८ सय ९५ अमेरिकी डलर ताेकिएकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  एकनारायण अर्यालले बताउनुभयो । यो भन्दा पहिले १२ सय १५ अमेरिकी डलर रहेको थियो । हवाई भाडा बढी भएको भन्दै विरोध हुन थालेपछि भाडा समायोजन गरेको सचिव अर्यालले बताउनुभयाे । श्रम मन्त्रालयले हवाई भाडाका लागि बोलपत्र आह्वान गरेकामा काेरियन एअरलाईन्सकाे प्रस्ताव स्वीकृत भएसँगै आजैदेखिको ...

घट्यो आन्तरिक तर्फको हवाई भाडा

काठमाडौँ । एयरलाइन्स कम्पनीहरूको संस्था वायु सेवा सञ्चालक संघले आन्तरिक तर्फको हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै कम्पनीहरूले मूल्य समायोजन गरेका हुन् ।

नेपालगञ्ज–डोल्पा हवाई भाडा समायोजन गर्न माग गर्दै बाँकेका सिडियोलाई ज्ञापनपत्र

हिमाली जिल्ला डोल्पाका युवाहरुले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका छन्। निजि विमान सेवा प्रदायक कम्पनीहरुले नेपालगञ्ज–डोल्पाको चर्को हवाई भाडा उठाएपछि भाडा समायोजनको माग गर्दै युवाहरुले ज्ञापनपत्र...

आन्तरिक हवाई भाडा घट्यो

निजी हवाई सेवा प्रदायकहरुको छाता संघ निजी वायुवान सञ्चालक संघले हवाई भाडा समायोजन गरेको छ । सरकारले पूर्वाधार करमा लगाउँदै आएको कर हवाई इन्धनमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमार्फत हटाएपछि नेपाल आयाल निगमले इन्धनको मूल्यमा कर र मूल्य समायोज गरेपछि संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी भाडा समायोजन गरेको हो । संघले कममा काठमाडौं–सिमरामा २ सय २५ रुपैयाँ र बढिमा काठमाडौं–धनगढीको उडानमा १ हजार १ सय ५ रुपैयाँ भाडादर समायोजन गरेको छ ।