निजी हवाई सेवा प्रदायकहरुको छाता संघ निजी वायुवान सञ्चालक संघले हवाई भाडा समायोजन गरेको छ ।
सरकारले पूर्वाधार करमा लगाउँदै आएको कर हवाई इन्धनमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमार्फत हटाएपछि नेपाल आयाल निगमले इन्धनको मूल्यमा कर र मूल्य समायोज गरेपछि संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी भाडा समायोजन गरेको हो ।
संघले कममा काठमाडौं–सिमरामा २ सय २५ रुपैयाँ र बढिमा काठमाडौं–धनगढीको उडानमा १ हजार १ सय ५ रुपैयाँ भाडादर समायोजन गरेको छ ।