कोरोना भाइरसबाट संक्रमित पूर्व राजदम्पत्तिको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका अनुसार पूर्व राजाको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । उहाँलाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । उता पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको अस्पतालले जनाएको छ । पूर्वरानी कोमललाई श्वासप्रश्वासको समस्या …