प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ६ दिन मात्रै बाँकी छँदा यहाँका उम्मेदवारहरूले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् । मनोनयन दर्तापछि घरदैलो हुँदै सुरु भएको प्रचारप्रसार यतिबेला सभा, भेला, आन्तरिक छलफलमा केन्द्रित छन् ।रुकुम (पूर्व)मा प्रतिनिधिसभामा एउटा र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र छन् । यी तीनवटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारीले निर्वाचनमा रौनकता थपेको छ । पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का पूर्णबहादुर घर्ती मगर उम्मेदवार र