तेन्जिङ हिलारी विमानस्थल नजिकैको वनमा आगलागी

तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भीषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् ।खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिए । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डय

सम्बन्धित सामग्री

वैशाखमा देशभर ९४ वनमा आगलागी

काठमाडाैं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म आगलागी सम्बन्धि तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकमा देशभर ९४ वनमा डढेलो लागेको उल्लेख गरिएकाे हाे । यसैगरी प्राधिकरणले यो वर्ष डढेलोको घटना बढ्दै गएको जनाएको छ । प्राधिकरणका अनसार विभिन्न स्थानमा भएको आगलागी र डढेलोका कारण ५ […]

म्याग्दीको सामुदायिक वनमा आगलागी, नियन्त्रणमा कठिनाई

म्याग्दी । म्याग्दीमा वैशाख महिना सुरु भएसँगै वनमा आगलागी भएको छ । जिल्लाका विभिन्न स्थानमा वैशाख महिना सुरू भएपछिवनमाआगलागी भएको हाे । आइतबार दिउँसोदेखि बेनी नगरपािलका– ३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी बस्तीमा पस्ने त्रासले नजिकका गाउँले आगो नियन्त्रण गर्नका लागि जुटेका छन् । सामुदायिक […]

कालीकाेट : सालझारी वनमा आगलागी हुँदा एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

कालीकोट – कालीकाेटकाे नरहरिनाथ गाउँपालिका ८ मा पर्ने सालझारी सामुदायिक वनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिवार वनमा काठ काट्न गएका १२ जनामध्ये तीन जना आगलागीमा परेर जलेका हुन् । ज्यान गुमाउनेमा खाँडाचक्र नगरपालिका २ का ५५ वर्षीय जयलाल विक रहेका छन् । त्यस्तै घाइते हुनेमा नरहरिनाथ–८ का ४७ वर्षीय अदाने विष्ट र ३२ वर्षीय धिरेन्द्र विष्ट रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयाे ।  आगलागीबाट घाइते भएका अदाने वि...

ताप्लेजुङको तोक्मेडाँडा सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा मंगलबार दिउँसो भएको आगलागी साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएलगत्तै यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयले बस्तीतर्फ बढेको आगो नियन्त्रण गरेका थिए । समयमै अग्नि रेखा बनाएर आगो नियन्त्रण गरेपछि कफि हाउस लाइनको […]

सामुदायिक वनमा आगलागी

जाजरकोट, ११ वैशाख । सिम्ता गाउँपालिका सुर्खेतको लुकइमा आगलागी हुँदा सामुदायिक वन सखाप । यो आगो जाजरकोटको शिवालय– १ मा समेत प्रवेश गरेको छ । तस्वीरः हेमन्त केसी÷रासस

पर्वतका ३२ वनमा आगलागी, २ सय हेक्टर बढी जलेर नष्ट

गर्मीयाम सुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरी लगायतका कारण आगालागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । आगलागीका कारण बर्सेनि वन क्षेत्र मासिँदै जान थालेको छ भने जनधनको पनि उत्तिकै क्षति हुने गरेको […]

बैतडीका पन्ध्र सामुदायिक वनमा आगलागी

विनोद सिंह विष्ट, बैतडी । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण बैतडी जिल्लाको १५ बढी सामुदायिक वनको १ सय ५५ हेक्टर वनक्षेत्रमा डढेलो लागेको हो । सुख्खापनका कारण वन–जंगलहरुमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो । जिल्लाको कुल क्षेत्रफलको ६२ प्रतिशत वनक्षेत्र रहेको […]

बैतडीमा पन्ध्र सामुदायिक वनमा आगलागी

बैतडी । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खा पनका कारण वन जङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।  जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ । यहाँका अधिकांश वन जङ्गलमा आगलागी भएको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । आगलागीका कारण काँचो रुखसमेत जलेर नष्ट भएका छन् । सामुदायिक वनम

२९ जिल्लाका ८० ठाउँभन्दा बढी वनमा आगलागी

काठमाडौं:  देशभरको २९ जिल्लामा ८४ ठाउँको वनमा आगलागी भइरहेको छ। केही दिनदेखि यता सुक्खा मौसम सुरु भएसँगै देशभरका वनमा आगलागी हुने क्रम बढिरहेको छ।अछाममा २, बझाङ १, बाँके ५, बर्दिया ८, भोजपुर १, चितवन ४, दैलेख ३, दाङ १४, डोटी १, गोर्खा १, जाजरकोट २, झापा १,कैलाली १,कास्की १,खोटाङ १, मकवानपुर १,नवलपरासी १,पाल्पा ३,पर्सा ५, रामेछाप १, रुपन्देही २,सल्यान २, सर्लाही १, सिन्धुली ६, सिराहा २,सुर्खेत ४ र उदयपुरको ८ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रण

अछामका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी

अछाम – गर्मीयाम बढेसँगै अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको पाइएको हो । वनमा आगलागी भएसँगै नजिकै रहेका बस्ती धुँवामय बनेका छन् ।  अहिले सदरमुकाम मङ्गलसेन नजिकै रहेका मङ्गलसेन, कमलबजार, बान्नीगढी जयगढ, चौरपाटी, रामारोशनलगायतका पालिकाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको पाइएकाे छ । मङ्गलसेन नगरपालिका ७ मा रहेको लामाडाँडा कालापातल सामुदायिक वनमा गएकाे पाँच दिनदेखि डढेलो फैलिएको स्थानीय अगुवा कालुसिंह विकले बताउनुभयो । लामाडाँडा कालपातल सामुदायिक वनसँगै कमलबजार...