अछाम – गर्मीयाम बढेसँगै अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको पाइएको हो । वनमा आगलागी भएसँगै नजिकै रहेका बस्ती धुँवामय बनेका छन् ।
अहिले सदरमुकाम मङ्गलसेन नजिकै रहेका मङ्गलसेन, कमलबजार, बान्नीगढी जयगढ, चौरपाटी, रामारोशनलगायतका पालिकाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको पाइएकाे छ । मङ्गलसेन नगरपालिका ७ मा रहेको लामाडाँडा कालापातल सामुदायिक वनमा गएकाे पाँच दिनदेखि डढेलो फैलिएको स्थानीय अगुवा कालुसिंह विकले बताउनुभयो । लामाडाँडा कालपातल सामुदायिक वनसँगै कमलबजार...