प्रदेश सरकार ६ ‘ब’ को अवधारणामा अघि बढेको छ : मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताएका हुन् ।मुख्यमन्त्री शाहीले वि.सं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गरे । यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्व

सम्बन्धित सामग्री

सडक पुर्वाधारवीना कर्णालीको विकास हुन सक्दैन : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पुर्वाधारबीना कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन् । नयाँ बर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले संघीयता कार्यान्वयनसँगै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्रताका साथ अगाडि बढेको बताएका हुन् । शाहीले सन्देश मार्फत भनेका छन्,‘प्रदेश राजधानी वीरेन्द्रनगरमा पुर्वाधार निर्माणसँगै प्रदेशको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नती र निर्माणका प्रदेश सरकारले आवश्यक पहल थालेको छ।’उनले प्रदेश संरचना बनेपछि

जगदुल्ला जलविद्युत् आयोजनामा अधिकतम शेयर हाल प्रदेश सरकार इच्छुक

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिएका छन् । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको प्रगतिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफल कार्यक्रममा उनले आयोजनाबारे जानकारी लिँदै जगदुल्ला जलविद्युत् आयोजना कर्णालीको विकास र समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रदेश सरकार अधिकतमरूपमा लगानी गर्ने सोचमा रहेको भन्दै प्रदेश गौरवको आयोजना बनाई त्यसमा बढीभन्दा बढी शेयर लगानी गर्न प्रदेश सरकार तयार भएको बताए । उनले पाँच प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न पाउने भन्ने कार्यविधिसमेत सच्याउन आग्रह गरे ।मुख्यमन्त्री शाही, ऊर्जा विकासमन्त्री सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाबीचमा भएको छलफलमा जगदुल्ला जलविद्युत् आयोजनाको प्रगति विवरण पेश गरिएको थियो ।छलफल कार्यक्रममा निमित्त कार्यकारी प्रमुख सापकोटाले आयोजनाको ट्रस्ट एडिट टनेलको काम शतप्रतिशत सम्पन्न भएको बताए । आयोजनाको विद्युत् उत्पादनगृह इलमा थप भौगर्भिक अध्ययन कार्य भइरहेको बताउँदै उनले आयोजनाको काम निर्माण चरणमा अगाडि बढेको बताए । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ४०० मिटर खन्ने काम सम्पन्न भएकोे उनको भनाइ थियो ।जाजरकोट–डोल्पा (भेरी करिडोर) अन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका– १ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको उनले जनाए । उनका अनुसार आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको छ ।“आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिनाभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको छ”, उनले भने, “विद्युत् उत्पादनगृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापनका लागि दुईवटा भवन निर्माण र विद्युत् खरिद बिक्री तथा सम्झौताको कामसमेत भएको छ ।” वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।आयोजनास्थलसम्म जान र आउनका लागि इल, नील दहमा पुल आयोजना आफँैले निर्माण गर्ने भएको छ । जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट–इलसम्मको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल काम सुरु भएको जनाइएको छ ।वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाइ आगामी आवदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको भनाइ छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए ।

विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन् । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले  सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरत रुपमा अगाडि बढेको बताए ।सन्देशमा भनिएको छ, “सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ सालमा आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली,

मुख्यमन्त्री शाही ताल सरसफाइमा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा पर्यटकीयस्थल बुलबुले तालको सरसफाइ गरिएको छ । उपत्यका नगर विकास समितिको संयोजनमा प्रख्यात बुलबुले ताललाइ सफा राखौँ भन्ने सन्देश दिने उद्देश्यले बिहीबार मुख्त्रीमन्त्रीको नेतृत्वमा तालको सरसफाइ गरिएको हो । मुख्यमन्त्री शाहीले पर्यटकीय आकर्षणका रूपमा रहेको बुलबुले तालको उचित विकास गरी पर्यटक भित्र्याइने बताए । उनले प्रदेश सरकारले समग्र पर्यटन विकासका लागि योजना बनाएर अघि बढेको उल्लेख गरे ।