कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा पर्यटकीयस्थल बुलबुले तालको सरसफाइ गरिएको छ ।
उपत्यका नगर विकास समितिको संयोजनमा प्रख्यात बुलबुले ताललाइ सफा राखौँ भन्ने सन्देश दिने उद्देश्यले बिहीबार मुख्त्रीमन्त्रीको नेतृत्वमा तालको सरसफाइ गरिएको हो । मुख्यमन्त्री शाहीले पर्यटकीय आकर्षणका रूपमा रहेको बुलबुले तालको उचित विकास गरी पर्यटक भित्र्याइने बताए । उनले प्रदेश सरकारले समग्र पर्यटन विकासका लागि योजना बनाएर अघि बढेको उल्लेख गरे ।