कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पुर्वाधारबीना कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन् । नयाँ बर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले संघीयता कार्यान्वयनसँगै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्रताका साथ अगाडि बढेको बताएका हुन् । शाहीले सन्देश मार्फत भनेका छन्,‘प्रदेश राजधानी वीरेन्द्रनगरमा पुर्वाधार निर्माणसँगै प्रदेशको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नती र निर्माणका प्रदेश सरकारले आवश्यक पहल थालेको छ।’उनले प्रदेश संरचना बनेपछि