सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउनका लागि सार्वजनिक विदा दिएको छ । स्थानीय तहको निर्वाचनमा नयाँ जनप्रतितिनिधि निर्वाचित भएर आएको खुसीयालीमा विजयोत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिइएको हो ।गाउँपालिकाका निर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिकाभरका सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै ‘विजयी उत्सव मनाउन सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।