हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि दसैँ मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर बजारमा दसैँको किनमेल गर्नेको घुइँचो लागेको छ । बिस्तारै शहर, बजार रित्तिँदै (चाप घट्दै) गएको छ भने गाउँ भरिँदै छन् ।कामको सिलसिलामा देश विदेशमा रहेकाहरु दसैँका लागि गाउँघर फर्कने गर्दछन् । वर्षभरि सुनसानजस्तो रहने गाउँघर दसैँको आगमनसँगै चहलपहलमा डुबेका छन् । गाउँघरमा उजाडिएका बस्तीहरु रङरोगन गरेर दसैँको आगमनसँगै चिटिक्क पारिएका छन् । टोलटोलमा