काठमाण्डाै - मतदानको लागि गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । भारत लगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् ।
काठमाण्डौ उपत्यका र देशका अरु सहरी क्षेत्रमा बस्नेहरु पनि गाउँघर फर्कने क्रम सुरु भएको छ। चुनावको प्रचारप्रसार र उम्मेदवारलाई सघाउन तथा आफ्नो मताधिकार प्रयोग गर्न गाउँ घर जानेको सङ्ख्या बढेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाण्डौ उपत्यकाबाट ५५ हजारभन्दा धेरै यात्रु बाहिरिएका छन् । यो अवधिमा ४२ हजारभन्दा धेरै यात्रु भित्रिएका छन् ।
यस्तै हिजो ५३ ह...