रुपन्देही – रुपन्देहीमा आज मङ्गलवार दुई जनाकाे शव भेटिएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका ९ घोडाहाको जङ्गलमा एक महिला र एक बालिकाकाे शव भेटिएको हो ।
ती दुई शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठकबहादुर केसीले जानकारी दिनुभयो । भेटिएकाे शवकाे सनाखत भइसकेकाे छैन ।
आज बिहान ११ बजेतिर स्थानीयवासीले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको प्रहरीले बताए...