पहिलोपटक श्रम स्वीकृति लिएर विदेश जाने तथा पुनः श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै घट्यो

अघिल्लो वर्षको माघको तुलनामा भने यो सामान्य बढी हो । अघिल्लो वर्ष माघमा १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

सम्बन्धित सामग्री

चाडबाड लगत्तै ह्वात्तै बढे विदेशिने नेपाली

३ पुस, काठमाडौं । नेपालमा चाडबाड सकिएसँगै विदेश जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको छ । जुन चालु आव २०८०/८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै […]

बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ । बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्व...

महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्’, निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’ कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७ हजार २ सय ९ नयाँ गरी २१ ह...

विमान रित्तै उड्दा पनि श्रमिक जान नपाउने

सरकारले विदेश जाने नयाँ तथा पुराना श्रमिकका लागि श्रम स्वीकृति खुला गरे पनि अनुमति पाएका श्रमिक भने अभैm विदेश जान पाएका छैनन् । सरकारले श्रम स्वीकृति दिने प्रक्रियामात्र खुला गरेको र श्रम गन्तव्यमा नियमित हुने उडानमा पठाउन कुटनीतिक पहल नगर्दा पुनः श्रम स्वीकृति लिएर बसेका ४ हजार युवा रोकिएका हुन् ।हाल रोकिएका युवा जाने देशले […]

नेपालमा सबैभन्दा बढी चिनियाँ कामदार

रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपालमा आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ । नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ । आर्थिक वर्ष २०६९÷७० मा ९ सय १० जनाले श्रम स्वीकृति लिएकोमा गत वर्षसम्म १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा नेपालका उत्पादन, सेवा र निर्माण क्षेत्रमा काम गर्ने उद्देश्यले नेपाल आई श्रम स्वीकृति लिने विदेशीको संख्या २ हजार रहेको श्रम विभागले जनाएको छ । तर, यो संख्या श्रम स्वीकृति लिनेकोमात्र भएको श्रम विभाग गैरनेपाली व्यवस्थापन शाखाका प्रमुख नवीन पोखरेलले बताए । “कुटनीतिक क्षेत्रबाहिर नेपालमा ५ महिनाभन्दा बढी बस्ने विदेशीले अनिवार्य रूपमा श्रम स्वीकृति लिएरमात्र काम गर्न पाउने नियम छ,” प्रमुख पोखरेलले कारोबारसँग भने, “श्रम स्वीकृति नलिइ काम गर्ने गैरनेपाली नागरिक अझ धेरै हुन सक्ने भएकाले अनुगमनको काम छिट्टै गर्ने योजना रहेको छ ।” गत आवमा श्रम विभागबाट १ हजार ४ सय ७२ जना विदेशीले श्रम स्वीकृति लिएकोमा यो वर्ष १ हजार ९ सय ७२ पुगेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी चिनियाँ नागरिक रोजगारीका नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । गत आवमामात्र १ हजार ५ सय ८४ चिनियाँ नागरिक रोजगारीका लागि नेपाल आएको देखिन्छ । विभागका अनुसार यसरी काम खोज्दै आउनेमा दोस्रोमा बेलायती र तेस्रोमा भारतीय रहेका छन् । चालू आवमा बेलायतका ५२ र भारतका ३८ जनाले मात्र विभागबाट कामका लागि स्वीकृति लिएको देखिन्छ । चालू आर्थिक वर्षमा निर्माण क्षेत्रमा १ हजार ४ सय ९४, सेवामूलक क्षेत्रमा ४ सय ६ र उत्पादनमूलक क्षेत्रमा ७३ विदेशी कार्यरत रहेको विभागको तथ्यांकमा उल्लेख छ । विदेशी धेरै काम गर्ने संस्थामा निजी, एनजीओ, आईएनजीओ र सरकारी संस्था धेरै रहेको देखिन्छ । यसमध्ये पनि निजी क्षेत्रमा काम गर्ने विदेशीको संख्या धेरै छ । गत वर्षमात्र निजी क्षेत्रमा काम गर्ने गरी १ हजार ३ सय ७५ विदेशीले विभागबाट श्रम स्वीकृति लिई रोजगार भिसाको लागि अध्यागमन विभागबाट भिसा लिएको प्रमुख पोखरेलले जानकारी दिए । “श्रम स्वीकृति लिएपछि मात्र विदेशीले रोजगार भिसा प्राप्त पर्ने गरेका कारण राम्रा कम्पनीमा काम गर्ने कन्ट्री डाइरेक्टरलेसम्म श्रम स्वीकृति लिएको देखिन्छ,” उनले भने, “श्रम स्वीकृति गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा कार्यन्वयन गर्न विभागले थप प्रकारी योजना सार्वजानिक गर्ने योजना बनाएको छ ।” यसरी नै एनजीओबाट विगत ३ वर्षमा क्रमश्ः १०९, १०९ र १६५ जनाले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका थिए । नेपालको सरकारी क्षेत्रमा काम गर्नका लागि विगत ५ वर्षमा मात्र ९ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए । गत वर्ष भने नेपालको सरकारी क्षेत्रमा काम गर्न सबैभन्दा बढी ४ सय ३२ जनाले विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । नेपालका काम गर्नकै लागि अमेरिका, आयरल्यान्ड, जर्मनी, क्यानडा अस्ट्रेलिया, जापानलगायतका ५५ भन्दा बढी देशका नागरिकले श्रम स्वीकृति लिएको देखिन्छ । यसमध्ये पनि महिलाको संख्या १ सय ५९ र पुरुषको संख्या १ हजार ६५ रहेको देखिन्छ । आर्थिक वर्ष २०६९÷७० देखि २०७३÷७४ सम्म क्रमशः ९ सय ८४, ७ सय १९, २ हजार २३, १ हजार ४ सय ७२ र १ हजार ९ सय ७२ जनाले श्रम स्वीकृति लिएकोमा गत आवमा मात्र ६४८ जनाले नवीकरण गरेर पुनः श्रम स्वीकृति पाएको देखिन्छ ।

काठमाडौंबाहिरबाट पनि श्रम स्वीकृति

काठमाडौं : वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्वीकृतिमा पहुँच विस्तार गर्न सरकारले राजधानीबाहिरका दुई स्थानबाट श्रम स्वीकृति दिने गरी सेवा विस्तार गर्ने तयारी गरेको छ। विशेषगरी बिदामा आएका कामदारका लागि पुनः श्रम स्वीकृति दिने लक्ष्यसहित धनुषा र पश्चिम क्षेत्रमा पूर्ण श्रम स्वीकृति दिनेगरी कार्यालय विस्तारको ग...