काठमाडाैं : जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग साढे तीन हजार घुस लिएकाे आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बारामा एक वडा सचिवलाई नियन्त्रणमा लिएकाे छ।कोल्हवी नगरपालिका-११ रामपुर्वाका वडासचिव नायव सुव्वा विनोदप्रसाद साहलाई सेवाग्राहीबाट लिएकाे रकमसहित आयाेग हेटौडाकाे टाेलीले उनकै कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।