काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोेपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेशकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आयोगले आज (सोमबार) विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । नासु चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि बिभिन्न बहाना बनाई ८,५०० रुपैँया घुस माग गरेको भन्ने सुचनाका आधारमा […]