मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिक रूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउने तर्फ लागेको देखिन्छ ।उनीहरूले विगत छ महिनामा रु तीन करोडभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ । अहिले दैनिक रूपमा मकवानपुर गढीमा उत्पादन भएको गोलभेँडा हेटौँडालगायतका अन्य बजारमा ढुवानी भई बिक्री वितरण भइरहेको छ ।गाउँपालिकाका कृषि अधिकृ