काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराएको छ । मछिन्द्रले आत्मघाती गोल उपहार पाएको हो । खेलको ६७ औं मिनेटमा फ्रेण्ड्सका रोनेल एन्थोनी पउलले बल नियन्त्रण गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । जितसँगै मछिन्द्रले आठ खेल २० अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।